नेपाल र चीन बीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६७ औं वर्षगाँठ बेजिड.मा नेपाल प्रर्वद्धनात्मक अन्तरकृया

आर्थिक परिवेश

काठमाण्डौ । नेपालको तर्फबाट सगरमाथाको आरोहण गरेका ३१ चिनियाँ नागरिकहरुलाई नेपाली दुतावास वेजिड.ले सम्मान गरेको छ ।
नेपाल र चीन बीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६७ औं वर्षगाँठ मनाउने क्रममा नेपाली राजदूतावास, बेइजिङले दूतावास परिसरमा आर्थिक कूटनीति सम्बन्धी कार्यक्रम अन्तर्गत नेपालको पर्वतारोहण प्रवर्द्धन सम्बन्धी नेपालमा पर्वतारोहण तथा पदयात्रा बिषयक अन्तरकृया कार्यक्रममा पर्वतारोहीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा सगरमाथा आरोहीहरुलाई चिनका लागि नेपाली राजदुत विष्णुपुकार श्रेष्ठले सम्मान पत्र वितरण गर्नु भयो ।
क्रार्यक्रममा राजदुत विष्णुपुकार श्रेष्ठले पर्यटकहरुको मनोरञ्जन तथा भ्रमणका लागि नेपालमा प्रचुर मात्रामा प्राकृतिक एवम् सांस्कृतिक विविधता रहेकोले नेपालको भ्रमण गरी लाभ लिन चिनिया नागरिकहरुलाई आग्रह गर्नु भयो ।
राजदुत श्रेष्ठले सगरमाथा सहित ८ हजार मिटर भन्दा बढी उचाई भएका ८ वटा हिमालचुलीहरु, बुद्धको जन्मस्थल लुम्बिनी तथा नेपालमा रहेका विश्व सम्पदामा सूचीकृत पर्यटकीय स्थलहरुको वारेमा वर्णन गर्नु भयो ।
नेपालको तर्फबाट सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकहरुलाई सम्मान गर्ने तथा नेपालमा रहेको पर्वतारोहण र ट्रेकिङ पर्यटनको प्रचुर सम्भाव्यताका बारेमा प्रबर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा आरोही मध्ये तीन जनाले आरोहणका क्रममा लिइएका तस्वीर एवम् भिडियो सहित प्रस्तुतिकरण गर्नु भएको थियो ।
कार्यक्रममा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत् बेइजिङस्थित चाइना उडभेन्चर एशोसिएसनका अध्यक्ष हान बा, इन्टरनेशनल माउण्टेन टुरिजम यलाएन्सको बेइजिङस्थित सम्पर्क कार्यालयका प्रतिनिधि जु सिगमेन लगायतले नेपालको पर्यटकीय संभावनाको वारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा नेपालको तर्फबाट नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा र टुर एण्ड ट्राभल्स एजेन्ट एशोसियसन नेपालका अध्यक्ष रमेश थापाले भर्चुअल माध्यमबाट प्रस्तुतीकरण गर्नु भई नेपालको पर्वतारोहण तथा ट्रेकिङ्गको विशेषता एवं आकर्षणको वारेमा प्रकाश पार्नु भयो ।
त्यसै गरी सगरमाथाको चार पटक आरोहण गर्नु भएका चिनियाँ नागरिक श्री सिया बोयुले सगरमाथा आरोहणको आफ्नो अनुभव समेटेको मर्मस्पर्शी भिडियो देखाउनु हुदैँ चिनियाँ नागरिकलाई सगरमाथाको आरोहण गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा चीनको पर्यटन मन्त्रालयका प्रतिनिधिहरु, नेपालको तर्फबाट सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकहरु, चीनका टुर एण्ड ट्राभल्स एजेन्टसहरु,बेइजिङस्थित नेपाली नियोगमा कार्यरत् कर्मचारी, चिनियाँ व्यवसायी एवम् नागरिकहरु, नेपाली समुदायको उपस्थिती रहेको बेजिड.स्थित नेपाली दुतावासले जनाएको छ ।

मा प्रकाशित