अष्ट्रेलियाको क्वीन्सल्याण्डमा नेपाल फेष्टिभल २०२५ सम्पन्न प्रिमियर सहित नेपाली समुदायकाे उत्साहजनक सहभागिता

आर्थिक परिवेश

ब्रिसबेन, अष्ट्रेलिया ।    नेपाली समुदायकाे बाक्लाे बसोबास रहेकाे  अष्ट्रेलियाको तेश्रो ठूलो राज्य क्वीन्सल्याण्डमा नेपाल फेष्टिभल २०२५ सम्पन्न भएको छ ।

एनआरएन अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितिको आयोजनामा भएको नेपाल फेष्टिभलमा यस पटक राज्यका प्रिमियर अर्थात मुख्य मन्त्रिले  नै सहभागी भएर महाेत्सवकाे गरिमा बढाउनु  भएकाे  छ ।

प्रिमियर डेभिड क्रिसाफोली प्रमुख अतिथिको रुपमा नेपाल फेष्टिभलको औपचारिक कार्यक्रममा सहभागी हुनु भएकाे थियाे ।

महाेत्सवकाे अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवसँगै पानसमा दियो बालेर उद्घाटन गरिएको नेपाल फेष्टिभलमा प्रिमियर डेभिड क्रिसाफोलीले क्वीन्सल्याण्डको नेपाली समूदाय बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनीहरुले राज्यको उत्थानमा गरेको योगदानको कदर गर्दै धन्यवाद समेत दिनु भयाे ।

समाराेहलाइ सम्बाेधन गर्दै  प्रिमियर डेभिड क्रिसाफोलीले  नेपाली  समूदायलाई दिइने अनुदानमा बृद्धि गर्ने बताउनु भयाे  ।  उहाँले आफु पनि केही दशक पहिले आप्रवासीका रुपमा ईटालीबाट अष्ट्रेलिया आउँदा जस्तो मेहनति समूदायको रुपमा हेरिन्थ्यो त्यस्तै नेपाली समूदाय पनि पाएको धारणा राख्नु भयाे  ।

“मेहनती नेपालीहरुलाई क्वीन्सल्याण्डको उत्थानमा दिएको योगदानका उहाँले लागि धन्यवाद व्यक्त गर्नु भयाे ।

कार्यक्रममा बोल्दै नेपाली राजदूत चित्रलेखा यादवले आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई जीवित राख्न र पुस्तान्तरण अष्ट्रेलियाकाे नेपाली समुदायलाइ  गर्न अनुरोध गर्नु भयाे ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पाँच वटा शहरमा लगातार पाँच हप्ता नेपाल फेष्टिभल सफलतापुर्वक सम्पन्न गर्नका लागि दशौं हजार घण्टा स्वयंसेवकहरु खेटिएको भन्दै यसले अष्ट्रेलियाको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेकाे बताउनु भयाे ।

उहाँले नेपालीहरुले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा दिएको योगदान अनुसार कदर भने नपाएको गुनासो गर्नु भयाे ।

नेपाली समूदाय एकताबद्ध भएर अघि बढ्ने हो भने अष्ट्रेलियाले पनि समूदायको योगदानलाई क्रमशः कदर गर्दै जाने वातावरण बन्ने उहाँको धारणा थियो ।

कार्यक्रममा अष्ट्रेलियाको संघीय संसदका सभामुख मिल्टन डिकले संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै केही समय अघि आफुले नेपालको भ्रमण गरेको र दुई देशको सम्बन्धलाई उचाईमा लैजानका लागि प्रतिबद्ध रहेको बताउनु भयाे  । कार्यक्रममा प्रधानमन्त्री एन्थोनी एल्बानिजीको सन्देश पढेर सुनाइएको थियो । जसमा प्रधानमन्त्रीले अष्ट्रेलियाकाे विकासमा  नेपाली समूदायको गरेकाे योगदानका लागि धन्यवाद दिनु भएकाे थियाे ।

एनआरएन अष्ट्रेलियाका महासचिव सन्तोष कुँवर र क्वीन्सल्याण्डका सचिव श्याम बस्नेतले सञ्चालन गरेको कार्यक्रममा एनआरएन क्वीन्सल्याण्ड संयोजक शम्भु गाईसीले धन्यवाद ज्ञापन गर्नु  भएकाे थियाे ।

साे अवसरमा एनआरएन आईसीसीका उपाध्यक्ष डा. विनोद श्रेष्ठ, सचिव स्वतन्त्रप्रताप शाह, ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल लगायत आईसीसी सदस्यहरु, सल्लाहकारहरु सहभागी हुनु भएकाे थियाे ।

यस्तै अष्ट्रेलियाका विभिन्न राज्यबाट एनआरएन अष्ट्रेलियाको १६ सदस्यीय बोर्डका १४ जना नेपाल फेष्टिभल ब्रिसबेनमा सहभागी भएका थिए ।

एनआरएन अष्ट्रेलियाले मार्च र अप्रिल महिनामा विभिन्न ५ ठाउँमा नेपाल फेष्टिभल सम्पन्न गरेको छ । यी सबै नेपाल फेष्टिभलमा सहभागी भएको व्याण्ड कन्दरालाई कन्सर्टपछि उनीहरुको योगदानको लागि सम्मान गरिएको थियो ।

व्याण्डका प्रमुख गायक विवेक श्रेष्ठले प्राविधिक कमीका बाबजुद पनि दर्शकहरुले देखाएको अपार मायाका लागि धन्यवाद भनेका थिए । कन्दराको प्रस्तुति हेर्नका लागि हजारौं दर्शकहरु राति अबेरसम्म किंग जर्ज स्क्वायरमा प्रतिक्षारत थिए ।

नेपाल फेष्टिभलमा विभिन्न व्यवसायिक स्टलहरु राखिएको थियो भने नेपाली खानाका परिकारहरुका स्टल पनि थिए ।

अधिकांश खानाका स्टलहरुमा मम लोकप्रिय देखिन्थ्यो भने सेलरोटी, नेपाली चिया, चटपटे, पानीपुरी लगायतका खानामा उपस्थितहरु झुम्मिएका देखिन्थे ।

नेपाल फेष्टिभल ब्रिसबेनमा यस पटकको परेड विहान १० बजे नेपाली पेगोडा मन्दिरबाट सुरु भएर कार्यक्रमस्थल किंग जर्ज स्क्वायरमा पुगेर टुंगिएको थियो ।

पहिलो पटक यो रुट प्रयोग गरिएको थियो भने एक हजारभन्द बढी सहभागीहरुले शहरका विभिन्न भागको परिक्रमा गर्दा नेपालको र अष्ट्रेलियाको झण्डा फहराएका थिए ।

उनीहरुले नेपाली विभिन्न मौलिक बाजाहरु बजाउनुका साथै आफ्नो परम्परागत पहिरनमा नेपालको झल्को दिएका थिए ।

 

मा प्रकाशित