ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका लागि ज्वेलरी शो उपलब्धिमूलक महासंघ

आर्थिक परिवेश

काठमाडौं । भारतको आर्थिक नगर मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वलरी शो (आइआइजेएस) सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका लागि उपलब्धिमूलक भएको मेलामा सहभागी नेपाली ब्यवसायीहरुले बताउनु भएको छ ।
यही भदौ १९देखि २३ सम्म भारतको मुम्वइमा भएको मेलामा नेपाल र भारतका सुनचाँदी ब्यवसायीहरु बीच सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणका बिषयमा छलफल तथा परामर्श भएको थियो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलाका अवसरमा नेपालका तर्फवाट गएको प्रतिनिधिमण्डलले सुनचाँदी ब्यवसायमा भित्रिएको आधुनिक प्रविधि र दुई देशवीच त्यसको हस्तान्तरण तथा साटफेर गर्न मद्धत पुगेको बताउनुभयो ।
मेलामा नेपालका तर्फवाट मेलामा अध्यक्ष शाक्यको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली तथा मेला समितिका संयोजक विपिन रामुदामु लगायत महासंघका देशभरवाट छानिएका प्रतिनिधी सहभागीहुनु भएको थियो ।
मेलाका अवसरमा भारतको जेम्स एण्ड ज्वलरी काउन्सिलका अध्यक्ष कोलिन शाह, कार्यकारी निर्देशक विक्रान्त प्रधान, अन्तर्राष्ट्रिय विभाग हेर्ने निर्देशक श्रीधर इंगार, पोलिसि लविङ डाइरेक्टर सुरुची खिन्द्रिया लगायतसँग दुई पक्षिय परामर्श भएको थियो । सो अवसरमा इण्डियन इन्स्टिच्युट अफ जेम्स एण्ड ज्वेलरीका प्रिन्सिपल भरत भास्वानी लगायतका ब्यीक्तसँग पनि महासंघको प्रतिनिधिमण्डलले छफफल गरेको थियो ।
मेलाका अवसरमा दुई देशका ब्यवसायी बीच आपसी सम्वन्ध विस्तार, गरगहनाको क्षेत्रमा विकास भएका नविनतम प्रविधिको साटासाट तथा आगामी दिनमा दुई पक्षवीचको सम्वन्ध थप सुदृढ वनाउने लगायतका बिषयमा छलफल भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

मा प्रकाशित