मुस्ताड.मा स्याउ उत्पादन बढयो

आर्थिक परिवेश

मुस्ताड.मा स्याउ उत्पादन बढयो
म्याग्दी । मुस्ताङमा यस सिजनमा स्याउको गत बर्षको तुलनामा उत्पादन बढेको छ । यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा ३८ हेक्टरमा उच्च घनत्व प्रविधिकोसहित कूल एक हजार ५७५ हेक्टर जमिनमा स्याउ खेती भएको छ । छिटो र धेरै उत्पादन दिने भएकाले उच्च घनत्वको स्याउ खेतीमा आकर्षण बढेको छ । यहाँका ५८० हेक्टरमा रहेका बोटले मात्र उत्पादन दिन्छन् ।
उच्च घनत्व प्रविधिमा आधारित गाला, फुजी, किङरुट, गोल्डेन डेलिसियस र जोना प्रिन्स गरी पाँच जातका स्याउ बिरुवा रोपिएको छ । गण्डकी प्रदेशको कृषि निर्देशनालयले मुस्ताङमा इटालीबाट आयात गरिएका ९८ हजार ५०० गोटा उच्च घनत्वका स्याउ बिरुवा ७५ प्रतिशत अनुदानमा वितरण गरिसकेको छ ।
स्याउ भण्डारण गरेर बेमौसममा बजार पठाउन छ वटा चिस्यानगृह बनाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताउनुभयो ।

 

मा प्रकाशित