काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रको विकासले मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभएको छ ।
आफूले मन्त्रालय सम्हालेदेखि प्राप्त उपलब्धि मन्त्रालयमा सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले आफू आएदेखि ऊर्जा क्षेत्रको विकास, उत्पादन, विस्तारमा ध्यान दिएको बताउनुभयो ।
उहाँले गरिबीमुक्त मुलुक बनाउँदै समाजवाद तर्फ लैजान ऊर्जा क्षेत्रको विकासले महत्त्वपूर्ण सहयोग पुयाउने बताउनुभयो ।
मन्त्री भुसालले आफू आएपछि विद्युत् व्यापारको थालनी गरेको, बीस युनिटसम्मको विद्युत् महसुल निःशुल्क गरेको, विद्युत् महसुल घटाएको र वर्षा र हिउँदमा फरक फरक विद्युत् महसुल दर कायम गरेको जानकारी दिनुभयो । उहाँले लोड सेन्टरमा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण यसै वर्षमा अघि बढाउने तयारी भइरहेको बताउनुभयो ।
विद्युत बेचेर करिब ६ अर्ब रुपैयाँ आम्दानी
नेपाल विद्युत प्राधिकरणले भारतीय प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्जमा विद्युत बेचेर करिब ६ अर्ब रुपैयाँ आम्दानी गरेको छ।
देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत करिब तीन महिना आइएक्सको हे-अहेड बजारमा बिक्री गरेर सो रकम बराबरको आम्दानी गरेको हो। प्राधिकरणले जेठ १९ गतेबाट सरप्लस भएको विद्युत निर्यात सुरु गरेको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय बजारमा निर्यातका लागि बाटो खुलेको भन्दै थप ६ सय मेगावाटका आयोजना निर्यातका लागि प्रस्ताव गरिएको बताउनुभयो । उहाँले माथिल्लो तामाकोसी (४५६ मेगावाट) सहितका आयोजनाहरुको विद्युत विक्रीका लागि स्वीकृति मागिएको बताउनुभयो ।
‘हामीले प्रस्ताव गरेका कुनै पनि आयोजना अस्वीकृत भएको छैन। उहाँहरु सकारात्मक नै हुनुहुन्छ,’ उहाँले बताउनुभयो । भारतले प्रस्ताव गरिएका प्रस्ताव स्वीकृति नपाए पनि यो बर्ष स्पील छैन।’ गत बर्ष करिब ५ सय मेगावाट विद्युत स्पील भएको भएपनि यो बर्ष आन्तरिक माग बढेका कारण स्पीलको अवस्था नरहेको उहाँको दाबि छ।
गत वर्ष दुईवटा आयोजनाको विद्युत गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । यो बर्ष पनि जेठ १९ गतेबाट ३८९ मेगावाटबाट निर्यात सुरु गरिएको थियो। त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा निर्यात भइरहेको छ।
आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ।
गत बर्ष २०७८/७९मा ३ अर्ब ८८ करोडको विद्युत निर्यात
गत आर्थिक बर्ष २०७८/७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो। चालु बर्षको पहिलो महिना साउनमा करिब २ अर्बको विद्युत निर्यात भएको छ। तामाकोसीको विद्युत भने भारतले किन्न चाहेको छैन। भारतले सीमा जोडिएको तर आफुसँग विद्युत क्षेत्र सहयोग सम्बन्धी द्धिपक्षीय सम्झौता नभएका मुलुकका लगानी वा नियन्त्रण भएका आयोजनाहरु विद्युत आयात नगर्ने नीति लिएको छ।
नेपाली स्रोतमा निर्माण भएको भएपनि चिनियाँ कम्पनीले निर्माणको काम गरेको थियो। थप विद्युत भारत निर्यातका लागि प्रसारणलाइनको समस्या समेत नरहेको घिसिङले बताउनुभयो । अहिले ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत निर्यात भइरहेको छ। जसको क्षमता करिव ६०० मेगावाट रहेको छ। यसको स्तरोन्नती गर्न लागिएको छ। त्यसपछि जसले १२ सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्छ।
त्यस्तै भारतसँग १३२ केभीका ७ वटा प्रसारणलाइन जोडिएकोले ७०० मेगावाट विद्युत प्रवाह गर्न सक्छ। ती प्रसारणलाइनबाट समेत भारत निर्यात गर्न सकिने घिसिङको दाबी छ। उहाँका अनुसार ती प्रसारणलाईनबाट पठाएको विद्युत समेत भारतको केन्द्रिय ग्रीडमा जोडिदिन लागि भारत तयार छ।
मा प्रकाशित