०७ मसिर झापा । आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले आफ्नो सेवा क्षेत्रभित्रका सर्वोत्कृष्ट करदाता लाई सम्मान गर्दै यस वर्षको कर सप्ताह समापन गरेको छ ।
आज कार्यालय परिसरमा आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८१ समापन समारोहका बीच कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी कर दाखिला गर्ने चार जना करदातालाई सम्मान गरेको हो ।
कार्यालयको सेवा क्षेत्र माई पूर्व झापाका एक, इलामका एक, पाँचथरका एक र ताप्लेजुङका एक प्रतिष्ठानलाई सम्मान गरिएको समारोहका अध्यक्ष प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनुभयो ।
समारोहमा झापाको बिर्तामोड ३ मा रहेको मेची दृष्टि आई हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि, इलामको फिक्कल उत्तम स्टोर, पाँचथरको केरुङ एण्ड एसोसिएट्स रजिस्टर्ड अडिर्टस र ताप्लेजुङको अनिमेष इन्टरप्राइजेजलाई सम्मान गरियो ।
मेची दृष्टि आईका तर्फबाट अध्यक्ष राम उप्रेती, फिक्कल स्टोर्सका सञ्चालक उत्तम श्रेष्ठ, पाँचथरको केरुङ एण्ड एसोसिएट्सको तर्फबाट नरेन्द्रकुमार केरुङ र ताप्लेजुङको अनिमेष
इन्टरप्राइजेजलाई समारोहका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । फिक्कल स्टोरले यो १० औँ पटक सम्मानपत्र प्राप्त गरेको सञ्चालक उत्तम श्रेष्ठले बताउनु भयो ।
यसैगरी, उत्कृष्ट कर्मचारीका रुपमा विगत ३३ वर्षदेखि कार्यरत सुमन सिंह तामाङलाई पुरस्कृत गरिएको छ । उहाँलाई कार्यालय प्रमुख काफ्लेसहित प्रमुख अतिथि बाँस्तोलाले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
समारोहमा प्रमुख अतिथि बाँस्तोला, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमली, चार्टड एकाउन्टेन्ट एशोसिएशन झापा अध्यक्ष सुशीलकुमार अग्रवालसहित सम्मानित करदाताको तर्फबाट राम उप्रेतीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मा प्रकाशित