कुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान ३.६६ प्रतिशत, बीमा शुल्क आर्जन १ खर्ब ७७ अर्ब

आर्थिक परिवेश

काठमाडौं । बीमा समितिले नेपालमा बीमाको दायरा विस्तार भै ४१ प्रतिशत जनतासम्म बीमाको पहूच पुगेको जनाएको छ ।
सोमवार काठमाण्डौमा आयोजना गरेको  पत्रकार सम्मेलनमा समितिले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा कुल जीवन बीमालेख ५२ प्रतिशतले, कुल निर्जिवन बीमालेख २ प्रतिशतले र कुल बीमा शुल्क संकलन १६ प्रतिशत भन्दा बढीले वृद्धि भएको जनाएको छ ।
गत आर्थिक बर्षको असार मसानत सम्मकुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान ३.६६ प्रतिशत र कुल बीमा शुल्क आर्जन १ खर्ब ७७ अर्ब पुगेको पनि समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा बीमा समितिका अध्यक्ष सुर्य शिलवालले कुल बीमाको दायरामा रहेको जनसंख्या उल्लेख्य मात्रामा वृद्धि भएको पनि लघु बीमाको हिस्सा न्युन रहेको बताउनु भयो ।
उहाँले काठमाण्डौ उपत्यका बाहिर लघु बीमाको कार्यालय रहने गरी सातवटा प्रदेशहरुमा एक एक वटा लघु बीमा कम्पनी स्थापना गर्न सूचना प्रकाशन गरिसकिएको बताउनु भयो ।

बीमा समितिका अध्यक्ष सिलवालले १० प्रतिशत लघुबीमा पुर्याउन निर्देशन दिएको वर्षौं हुँदा पनि ग्रामिण क्षेत्रका गरिबको बीमा नभएकोले उनीहरूको बीमा गर्न लघुबीमालाई लाइसेन्स दिन लागिएको बताउनु भयो ।

अध्यक्ष सिलवालले समितिले तयार गरेको राष्ट्रिय बीमा नीतिले सरकारलाई पनि गाइड गर्ने र अहिले स्वास्थ्य बीमाको देखिएको अन्योलता हट्नुका साथै गरिबी निवारणमा समेत भूमिका खेल्न सक्ने  बताउनु भयो  ।
बीमा समितिले राष्ट्रिय बीमा नीति, २०७९ सम्बन्धी प्रस्ताव तयार गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । उक्त नीति नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा जाने समितिले जनाएको छ ।
नयाँ बीमा ऐन र राष्ट्रिय बीमा नीति आएपछि देशमा बीमा क्षेत्रको समग्र विकास एवं विस्तारले नयाँ फड्को मार्ने  विश्वास समितिको छ ।

आर्थिक रूपमा कमजोर भएका विपन्नको पनि बीमा गर्न लघुबीमा र बीमा कोषको विषय अगाडि सारेको उनको भनाइ छ । गरिबी निवारणमा पनि बीमाले योगदान दिन सक्ने भन्दै बीमामा सबैभन्दा ठूला सचेतनमा सरकारमा आउनुपर्ने बताउनु भयो ।
‘गरिबी निवारणका लागि ३र४ वटा कार्यक्रम सरकारले ल्याएको छ । तर गरिबी २५ प्रतिशत छ,’ उनले भने, ‘तर, यी सबै कार्यक्रमले गर्न नसकेको काम बीमाले गर्छ ।’
अहिले बीमाको पहुँच ४० प्रतिशत छ भने पनि १० प्रतिशत भन्दा बढी पोलिसी डुप्लिकेसन रहेको उनले दाबी गरे । गत आर्थिक वर्ष २०७८र७९ को असार मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल जीवन बीमालेख ५२ प्रतिशतले, कूल निर्जीवन बीमालेख २ प्रतिशतले र कुल बीमाशुल्क संकलन १६ प्रतिशतभन्दा बढीले वृद्धि भएको समितिले जनाएको छ ।
कोरोना बीमाको दाबी भुक्तानी हुन्छ
बीमा समितिका अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानी गर्न सरकारले तत्काल १ अर्ब निकासा गर्छु भनेको बताउनु भयो । सरकारले उक्त रकम निकासा गरेपछि कोरोना बीमाको दाबी भुक्तानी हुने बीमा समितिले जनाएको छ ।
गत साता मन्त्री र सचिव समेतको भेटमा अर्थमन्त्रीले अर्थ सचिवलाई तत्काल १ अर्ब निकासा गर्न निर्देशन दिएको सिलवालले जानकारी दिनु भयो ।

 

मा प्रकाशित