सुनको मूल्य तोलाको  एक लाख ८७ हजार

आर्थिक परिवेश

  ०३ बैशाख काठमाडौँ । नेपाली बजारमा बुधवार छाप भएकाे सुनको मूल्य तोलाको  एक लाख ८७ हजार पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो ।  मङ्गलबार प्रतितोला रू एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन आज तोलामा  दुई हजार सात सय बढेर रू एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको रू एक हजार नौ सय ५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा  १० बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भई रहेको छ ।

मा प्रकाशित