कास्कीका २ तालको पानी पम्प स्टोरेज गरी नेपाल १ सय ५० मेगावाट विद्युत् निकाल्ने

आर्थिक परिवेश
कास्की । नेपालमा पहिलो पटक दुई तालको पानी पम्पिङ गरेर बिजुली निकालिने भएको छ । कास्कीका २ तालको पानी पम्प स्टोरेज गरी नेपाल विद्युत् प्राधिकरणले १ सय ५० मेगावाट विद्युत् निकाल्ने आयोजना अघि सारेको छ । नेपालमै पहिलो पटक पम्पप स्टोरेजमार्फत रामसार सूचीमा समावेश कास्की बेगनास र रुपा तालको पानी पम्प स्टोरेजबाट जलविद्युत निकाल्न प्रक्रियाअघि बढेको हो ।

कास्कीका ९ तालमध्ये रुपा र बेगनास तालको भौगोलिक बनावट हेर्दा समथर देखिए पनि दुई तालबीचको सतह करिब ६० मिटर तलमाथि छ । बेगनास ताल भन्दा रुपाताल ६० मिटर होचो स्थान रहेको छ । यस्तो अवस्थामा नेपाल विद्युत् प्राधिकरणले बेगनास तालको पानी रुपमा तालमा झारेर पिक आवरमा जलविद्युत उत्पादन गर्ने योजनाअघि बढाएको हो । यसअघि प्राधिकरणले ०७४ कात्तिक २७ गते बेगनास–रुपा जलाशययुक्त आयोजना सर्वेक्षण गर्ने लाइसेन्स पाएको थियो । यस लगत्तै जापानी सहयोग नियोजन (जाइकां)ले आयोजनाको प्रारम्भिक अध्ययन सके पनि कामअघि बढेको थिएन ।

२० अर्ब लगानीमा दैनिक साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् उत्पादन गर्ने योजना नेपाल विद्युत् प्राधिकरण रहेको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक (डिएमडीं) रामजी भण्डारीका अनुसार बेगनास–रुपा पम्प स्टोरेज बनाउने प्रक्रियाअघि बढेको छ । ‘हामी अब थप अध्ययनअघि बढाउँछौँ । यसबीचमा सरोकारवाला निकायसँग छलफलमा जुटिरहेका छौँ । यहाँका समस्या, अब कसरी जान सकिन्छ ? अब अवलोकन र थप अध्ययनअघि बढ्छ ।’ अहिले रुपा तालमा संरक्षण एकीकृत विकास आयोजनाका काम भइरहेका छन् ।

रुपा तालमा ६ मिटर अग्लो बाँधका कारण डुबानमा पर्ने जग्गा प्राप्तिको काम भइरहेको छ पम्प स्टोरेज आयोजनामा विद्युत् गृहमाथि र तल गरी २ ड्याम हुन्ने छन् । विद्युत् उत्पादन गर्ने क्रममा माथिल्लो ड्याममार्फत विद्युत् गृहमा पानी खसालिनेछ । बेलुकामा पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी बिजुलीकै सहायताले माथि तानी बेगनासमा हालिनेछ ।

 

मा प्रकाशित