२७ चैत्र, काठमाडौं । आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैकले बुधवार जारी गरेको आठ महिनाको मुलुकको आर्थिक अवस्था सम्वबन्धी प्रतिवेदनले यस अवधीमा निर्धात बढेर १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.५ प्रतिशत, ८.८ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जुश लगायतका वस्तुको निर्यात घटेको छ ।
आठ महिनामा नेपालमा वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.७ प्रतिशतले कमी आएको थियो । आठ महिनामा मुलुकको कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले बढेर ९खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ ।
मा प्रकाशित