नवलपरासी । नेपाल विद्युत प्राधिरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थिति १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत केन्द्रको पुनस्र्थापना र आधुनिकरण गर्ने भएको छ ।
विद्युतगृहका टर्बाइन, ब्रेकर, गभर्नर जस्ता इलेक्ट्रोमेकानिकल उपकरणहरु पुराना र जीर्ण बनेर चल्न नसके अवस्थामा पुगेपछि प्राधिकरणले पुरानो प्रविधिका उपकरणहरुको स्थानमा नयाँ जडान गरी केन्द्रलाई पुनस्र्थापना र आधुनिकरण गर्न लागिएको जनाएको छ ।
नेपाल र भारत सरकारबीचको गण्डक सिंचाइ तथा जलविद्युत आयोजना सम्झौता बमोजिम निर्माण गरिएको जलविद्युत केन्द्रबाट १९७९ को अप्रिलबाट विद्युत उत्पादन सुरु भएको थियो ।
भारत सरकारबाट गण्डक सम्झौता बमोजिम नेपाललाई जलविद्युतगृह ३१ अगष्ट १९८१ मा हस्तान्तरण गरिएको थियो । एनइए इन्जिनियरिङ कम्पनी लि.ले गण्डक जलविद्युत गृहको पुनस्र्थापना र आधुनिकरणको विस्तृत डिजाइन, लागत अनुमान तयार गरी प्राधिकरणमा पेश गरिसकेको छ ।
जलविद्युत केन्द्रको पुनस्र्थापना र आधुनिकरणका लागि करिब ४२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले हालै स्थलगत अनुगमन भ्रमण गरी जलविद्युत केन्द्रको अवस्थाका बारेमा जानकारी लिएको छ ।
भारतको उत्तर प्रदेश राज्यमा सिंचाइका लागि निर्माण गरिएको गण्डक मुख्य पश्चिम नहरबाट विद्युतगृह सञ्चालनका लागि पानी उपलब्ध हुन्छ । बाँधबाट झण्डै १८ किलोमिटर तल्लो तटीय क्षेत्रमा विद्युतगृह रहेको छ ।
गण्डकको खाली जग्गामा सौर्य विद्युत
नेपाल विद्युत प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा स्थिति गण्डक जलविद्युत केन्द्रको गण्डक जलविद्युत केन्द्रको स्वामित्वको खाली जग्गामा करिब ६ मेगावाट जडित क्षमताको सौर्य विद्युत आयोजना निर्माण गर्ने भएको छ ।
केन्द्रको स्वामित्वमा रहेको करिब ३४ बिघा जग्गामध्ये ९.७ बिघा जग्गामा सौयै विद्युत आयोजना निर्माण गरिने छ ।
आयोजनाको अनुमानित लागत एक करोड १५ लाख युरो रहेको छ । आयोजना निर्माणका लागि जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत ६० लाख युरो अनुदान रकम प्राप्त हुने छ । अपुग रकम नेपाल सरकार र प्राधिकरणले बेर्होने छन् ।
मा प्रकाशित