भोलीदेखि बाणिज्य बैकको ब्याजदर यथावत, विकास बैकको घट्ने

आर्थिक परिवेश

काठमाण्डौ । बैकको व्याजदर घटाउनु पर्ने भनि सबै तिर आवज उठिरहेको भए पनि बाणिज्य बैकहरुले भने यस अघि कै व्याजदरलाई निरन्तरता दिने निर्णय गरेका छन्  ।

नेपाल बैकर्स संघको मंगलवार बसेको बैठकले कार्तिक महिनाको व्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको संघका अध्यक्ष तथा कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्ययाले बताउनु भयो ।

मंसीर महिनाका लागि बाणिज्य बैकहरको साधारण मुद्दतिको ब्याज १२.१३ प्रतिशत नै रहने छ । बचतको पनि ९.१३३ प्रतिशत यथावत हुनेछ । यस हिसाबले वाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याज विकास बैंकहरुको भन्दा माथि पुगेको छ ।

विकास बैंकहरुले भने ब्याज दर घटाउने निर्णय गरेका छन् । विकास बैंर्कस संघको मंगलबारको बैठकले निक्षेपको ब्याज दर ०.१५ प्रतिशतले घटाउने निर्णय गरेका हो ।

उनीहरुले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज हुँदै गएकाले ब्याज घटाएको जनाएका छन । अब विकास बैंकहरुको साधारण मुद्दति निक्षेपको अधिकतम ब्याज १२ प्रतिशत हुनेछ । बचतको अधिकतम ९ प्रतिशत हुने छ ।

मा प्रकाशित