नेपालको जेठो बैंक नेपाल बैंक ८६ बर्षमा प्रवेश

आर्थिक परिवेश

काठमाडौं । देशको सबै भन्दा पुरानो (जेठो) बाणिज्य बैक नेपाल बैंक ८५ बर्ष पुरा भैे ८६ औं बर्षमा प्रवेश गरेको छ ।

सन् ११५७ मा बैक अफ भेनिसले विश्वको पहिलो बाणिज्य बैकको रुपमा सेवा दिन शुरु गरेको भए पनि १७ औ शताब्दीमा विश्वमा बैकले व्यापकता पाएको थियो

यता नेपालमा भने बैंक आइपुग्न ८ सय ६५ बर्ष लागेको छ । नेपालमा बिक्रम संबत १९९४ कार्तिक ३० गते नेपाल बैकको स्थापना भै बैकिड. सेवाको आरम्भ भएको हो ।

सार्वजनिक निजी साझेदारी(पिपिपी) मोडलमा सुरु भएको नेपाल बैंकमा तत्कालिन अवस्थामा १० जना लगानीकर्ता जम्मा भै बैकको आरम्भ भएको थियो ।

८ लाख ४२ लाख हजार रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको बैंकको निक्षेप १७ लाख रुपैयाँ थियो भने ऋण लगानी १९ लाख रुपैयाँ थियो ।

नेपालमा औपचारिक बैंकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैंकलाई नै जान्छ ।

स्थापनाको दिनदेखि विसं २०१३ सालसम्म नेपाल बैंकले देशको केन्द्रिय बैंकको भूमिकासमेत खेलेको थियो ।

८६औं बर्षमा आउँदा नेपाल बैंकका २३ लाखभन्दा बढी ग्राहक पुगेका छन् । ठुला उद्यमी व्यवसायीदेखि सामान्य आर्थिकस्तर भएका नेपालीजनमा समेत बैंकले लगानी गरेको छ । बैंकले सरकारी कारोबारलाई उच्च प्राथमिकतामा राखेको छ ।


संस्थागत सामाजिक उत्तरदायित्वमा अग्रणी भूमिका खेलेको बैंकले देशको आर्थिक विकासमा पनि योगदान गरेको बैद्धारा बाषिृक उत्सवका अवसरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अर्थतन्त्रको मौद्रिकीकरण तथा देशैभर शाखा सञ्जाल विस्तारमार्फत वित्तीय पहुँच बढाएर एवं सरकारका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन गरी गरिबी निवारणमा समेत योगदान गरेको छ । बैकले बुधवार अपरान्ह १ः३० बजे बार्षिकोत्सव समारोह बैकको प्राड.गणमा आयोजना गर्ने जनाएको छ ।

बैंकले उद्योग तथा वाणिज्य क्षेत्रको विकासमार्फत प्रत्यक्ष र परोक्ष रूपमा रोजगारी सिर्जना गरेर आर्थिक विकासमा प्रभावकारी भूमिका खेलिरहेको छ,’ प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उल्लेख गर्नु भएको छ ।

साना मझौला एवं ठुला सबै खाले उद्यम र परियोजनामा बैंकले ऋण लगानी गरेको बैकले जनाएको छ । कृषि, पर्यटन, जलविद्युत तथा सरकारको नीतिअनुसार प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको लगानी उल्लेख्यरुपमा प्रवाह भएको छ ।

युवा स्वरोजगारका क्षेत्र, महिला उद्यमशिलता, शैक्षिक बेरोजगार व्यक्तिहरूलगायत विदेशबाट फर्किएका सीपयुक्त व्यक्तिहरूलाई सक्षम एवं आत्मनिर्भर बनाउन सरकारले दिएको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई समेत बैंकले प्रभावकारी रूपमा कार्यान्वयनसमेत गर्दै आइरहेको बैंकले उल्लेख गरेको छ ।

परम्परागत बैकिङबाट आधुनिक बैकिङमा फराकिलो छलाङ मार्न सफल बैंकले अहिले सम्पूर्ण आधुनिक बैकिङ सेवाका रूपमा रहेका मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, अनलाइन बैंकिङ्, डेबिट कार्ड, क्रेडिट कार्ड, सि–आस्वा, क्युआरकोड लगायतका अन्य डिजिटल बैंकिङ सुविधाहरू समेत उपलब्ध गराउदै आएको जनाएको छ ।

मा प्रकाशित