कास्की । पर्यटकीय स्थल सिक्लेसमा केवलकार निमार्ण हुने भएको छ । सिक्लेस अन्नपूर्ण केवलकार प्रालिले कास्कीको मादी गाउँपालिका सिक्लेसमा केवलकार बनाउने प्रक्रिया अडाडी वढाएको हो ।
कम्पनीले परियोजनाको वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ ।
प्रतिवेदनअनुसार परियोजना मादी गाउँपालिकाको वडा नं १ र २ मा केवलकार रहने छ ।
केवलकारको प्रथान विन्दु कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ र माथिल्लो स्टेसन सोही गाउँपालिकाको वडा नं २ मा रहने कम्पनीले जनाएको छ ।
निमार्ण हुने केवलकार ६।४१ किलोमिटर लामो रहने समेत परियोजनाले जनाएको छ । परियोजनाको कुल लागत ६ अर्ब ९० करोड ३७ लाख १८ हजार २४४ रुपैयाँ अनुमान गरिएको छ ।
आयोजना २७ं९९ हेक्टर क्षेत्रफलमा फैलने छ । यो केवलकार सञ्चालन अवधि ३० वर्ष तोकिएको छ ।
आयोजनाका लागि कुल ३८०१ वटा रुख र पोल काट्नु पर्ने प्रतिवेदनमा उल्लेख छ । यो केवलकारमा नेपालमा अहिले सञ्चालित केवलकार भन्दा फरक बीचमा समेत स्टेसन रहने भएको छ ।
केवलकारमा कुल ६० वटा बक्स ९गोण्डुला० रहने गरी परियोजनाको डिजाइन गरिएको छ । एउटा बक्समा ८ जनाले एक पटकमा यात्रा गर्न सक्ने छन् ।
प्रतिदिन ६ हजार जना ९अधिकतमले यात्रा गर्न सक्ने क्षमताको केवलकार बन्ने समेत कम्पनीले जनाएको छ । केवलकारमा कुल ३० वटा टावर रहने भएका छन् ।
आयोजना करिव साढे ३ वर्षमा निर्माण गरिसक्ने लक्ष्य कम्पनीको छ । यो परियोजनाले ५० जनालाई प्रत्यक्ष रोजगारी मिल्ने कम्पनीले जनाएको छ ।
कम्पनीले यो परियोजना सञ्चालनमा आएपछि सिक्लेस क्षेत्र, गण्डकी प्रदेश र राष्ट्रलाई नै पर्यटनमार्फत लाभ पुग्ने दावी गरेको छ ।
आयोजना सञ्चालनमा आएपछि पोखराबाट नजिकका सिक्लेस, कोरी डाँडा र अन्य क्षेत्र कापुचे तालु, मनाङ र लमजुङका पर्यटकीय क्षेत्रको समेत प्रवद्र्धन हुने आयोजनाको भनाइ छ । सिक्लेस गुरुङ जातिको बाहुल्य रहेको पर्यटकीय गाउँ हो ।
वातावरणमैत्री प्रविधिको यातायात सेवाले अन्नपूर्ण क्षेत्रको वातावरणीय संरक्षणमा समेत सहयोग पुन्ने आयोजनाले जनाएको छ ।
मा प्रकाशित