२६ फागुन, काठमाडौ । चालु आर्थिक बर्षको ७ महिना सम्ममा नेपालको विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले बढेर माघसम्म २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ ।
गत असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा माघ सकिँदा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८१ माघ मसान्तमा ३७.१ प्रतिशतले वद्धि भई २६३ अर्ब ९३ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०८१÷८२ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
मा प्रकाशित