काठमाण्डौ । वैेदिक तथा अत्याधुनिक कृषिको समायोजन गरी नेपालको कृर्षिको विकासलाई अघि बढाउनु पर्नेमा त्यस क्षेत्रका विज्ञहरुले जोड दिनु भएको छ ।
शुक्रवार ललितपुरमा आयोजित नेपालमा वैदिक कृषि, हिजो, आज र भोली विषयक अन्तरकृया कार्यक्रमका वक्ताहरुले नेपाली मौलिक वैदिक कृषिलाई आहिलेका आवश्यकता अनुसार अघि बढाउने गरी सरकारले नीति तर्जूृमा गर्नु पर्नेमा जोड दिनु भयो ।
किसानहरुलाई प्रोत्साहन हुने र युवाहरुलाई समेत कृर्षिमा आर्कषित गर्ने गरी कृषिलाई उपयोगी पेशाकारुपमा अघि बढाउन तीनै तहका सरकारहरुको ध्यान जानु पर्नेमा पनि वक्ताहरुले जोड दिनु भयो ।
पत्रकार बाबुराम ढकालद्धारा लिखित कृषि उद्यम दिग्र्दशन पुस्तक सामुहिक रुपमा विमोचन समेत गरिएको कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष्य डा प्रेम दंगालले नेपालको कृषि क्षेत्रको लागि कृषि उद्यम दिग्र्दशन राम्रो सन्र्दभ सामाग्री बनेको बताउनु भयो ।
उहाँले पर्यावरण मैत्री र दिगो कृषि मार्फत नेपालको कृषिको रुपान्तरणका लागि किसान संघ संगठनहरुले नेतृत्व गर्ने बताउनु भयो ।
हिकास्टका अध्यक्ष प्रा.डा विनायक राजभण्डारीले नेपालको कृषिका लागि विषदी ल्याउन बन्द गर्नु पर्ने तथा दिगो र पर्यावरण मैत्री सघन जैविक खेती प्रणाली लागू गर्नु पर्नेमा जोड दिनु भयो ।
कृषि तथा वन विश्व विद्यालयका डिन प्रा डा शारदा थपलियाले वैदकि तथा अत्याधुनिक कृषिलाई समायोजन गरेर अघि बढाउने सन्र्दभमा पाठक्रममा सुधारको प्रयास भैरहेको बताउनु भयो ।
मा प्रकाशित