११ चैत्र,काठमाडौं । नेपाललले काठमाडाैं –सिडनी–काठमाडाैं उडान संचालनका लागि नेपालको ध्वजावाहक नेपाल एयरलाइन्सलाई तोकेर अष्ट्रेलिया सरकारलाई पत्र पठाएको छ ।
अष्ट्रेलियाको क्यनवेरास्थित नेपाली दुतावासले काठमाडाैं –सिडनी–काठमाडाैं उडान संचालनका लागि नेपालको ध्वजावाहक नेपाल एयरलाइन्सलाई तोकेर अष्ट्रेलिया सरकारलाई शुक्रवार पत्र पठाएको हो ।
नेपाल र अष्ट्रेलिया सरकारबीच भएको संझौता बमोजिम अष्ट्रेलिया सरकारको नागरिक उड्डयन निकायलाई पत्राचार गरेको र यो संगै नेपाल एयरलाइन्सकोे काठमाडाैं – सिडनी–काठमाडाैं उडान संचालनका लागि प्रकृया अघि बढेको अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले जानकारीदिनु भयो ।
उडान संचालनका लागि अस्ट्रेलिया सरकारका निकायहरु संग समन्वय गरी प्राबिधिक प्रक्रिया पुरा गर्न आवश्यक काम अघि बढाएको नेपाल एयरलाइन्सले जनाएको छ ।
मा प्रकाशित