दशहरा गोसाँइ कुण्ड स्नान गर्न हजारौं पुगे (फोटो फिचर)

आर्थिक परिवेश

१८जेठ,धुञ्चे,रसुवा ।  नेपालको रसुवा जिल्लास्थित लाडटाड.राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित प्रशिद्ध गोसाँइ कुण्डमा यतीेबेला दशहरा गोसाँइ कुण्ड स्नान तथा मेला लागेको छ ।

४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित प्रशिद्ध धार्मिक स्थल गोसाँइ कुण्डमा मेला भर्न तथा स्नान गर्न स्वदेश तथा विदेशका दर्शनार्थी दैनिकरुपमा करिव १ हजारको संख्यामा त्यहाँ पुग्ने गरेका छन् ।

गोसाँइ कुण्डमा दशहरा गोसाँइ कुण्ड स्नानको बेला तथा जनै पूर्णीमामा यस प्रकारको मेला तथा स्नान गर्न स्वदेशी तिर्थयात्रीहरु बढी पुग्ने गर्दछन् ।

अन्य सिजनमा विदेशी पर्यटकहरुको भ्रमण पनि हुने गर्दछ । जाडो समयमा त्यस क्षेत्रमा हिउ पर्ने हुनाले भ्रमणमा जानेहरुको संख्या अत्यन्तै न्युन स्ांख्यामा हुने गरेको स्थानीय होटल व्यवसायीहरुले बताएका छन ।

फोटो फिचर

 

 

 

 

 

 

 

मा प्रकाशित