यो महिना दक्षिण एसियाली पर्यटकपछि नेपाल आउनेमा अत्यधिक आवागमन युरोपबाट भएको बोर्डको विवरणमा उल्लेख छ। दक्षिण एसिया क्षेत्रबाट ३३ हजार ४ सय ५४ र युरोपबाट २३ हजार २ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
दक्षिण एसियाली क्षेत्रका मुलुकमध्ये भारतबाट आउने पर्यटकको संख्या धेरै छ। एक महिनामा भारतबाट मात्र २५ हजार ९ सय ११ पर्यटक भ्रमणका लागि आएका छन्।
अरु एसियाली मुलुक, ओसियाना, अमेरिका, मध्यपूर्व र अन्य क्षेत्रबाट क्रमशः साढे १५ हजार, चार हजार, सवा ११ हजार, १५ सय र सवा १० हजार पर्यटकको आवागमन भएको छ।
यसअघि सन् २०२१ र २०२२ मा १५ हजार २ सय ५४ र ४२ हजार ६ जना विदेशी पर्यटक नेपाल आएका थिए। सन् २०१९ मा भने यो महिना १ लाख २७ हजार ३५१ पर्यटक आएका थिए।
कोभिड नियन्त्रणसँगै हवाई यातायात पहुँच विस्तारले पर्यटक आगमन दरमा क्रमिक सुधार आएको बोर्डले जनाएको छ। चीनले नेपाल भ्रमण प्रतिबन्ध फुकुवा गरेसँगै यो सिजनमा चिनियाँ पर्यटकको आगमन दरमा थप वृद्धि हुने अपेक्षा नेपालका पर्यटन व्यवसायीहरुको छ।