सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच ७ बुँदे सहमति

आर्थिक परिवेश

१९ बैशाख,काठमाडौं।  सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच ७ बुँदे सहमति भएको छ। सोमबार महावीर पुनकाे टाेली र  उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।

पुनले विभिन्न ११ बुँदे माग राखेर माइतीघरमा शुक्रबारदेखि धर्ना गर्दै अाउनु भएकाे थियाे  ।

७ बुँदे सहमति

अनुसन्धानका लागि कोष स्थापना गर्ने सहमतिमा उल्लेख छ। ‘आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने,’ सहमतिमा भनिएको छ। कोष सञ्चालनका लागि संसदमा विधेयक प्रस्तुत गर्ने पनि सहमति भएको हो।

६० दिनभित्र विधेयक तयार गर्ने पनि सहमति पत्रमा उल्लेख छ।

संघीय सरकारको पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने पनि सहमति भएको छ।

आविष्कारबाट उत्पादित वस्तुलाई अनुमति दिने पनि सहमतिको बुँदामा उल्लेख छ। ‘आविष्कारबाट उत्पादित वस्तु तथा सेवाहरूलाई आवश्यक पर्ने अनुमति, लाइसेन्स, दर्ता, संचालन तथा दिगोपन कायम गर्ने विषयसँग सम्बन्धित कानूनमा सुधार गरी सहजीकरण गर्ने,’ सहमतिमा उल्लेख गरिएकाे  छ। यो सहतिसँगै पुनले थालेको आन्दोलन पनि स्थगित भएको छ।

मा प्रकाशित