नेपाल बैंकर्स संघमा सुरेन्द्रराज रेग्मी र रामचन्द्र खनाल

आर्थिक परिवेश

११ मंसिर,काठमाण्डौ ।   ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी नेपाल बैंकर्स संघको अध्यक्ष निर्वाचित हुनु भएकाे छ।

वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको साझा संस्था नेपाल बैंकर्स संघ (एनबीए)मा रेग्मी निर्विरोध अध्यक्ष चयन हुनु भएकाे हाे ।

होटल मर्क्युरमा शुकंवार आयोजना भएको संघको ४०‍औँ वार्षिक साधारण सभाबाट रेग्मी निर्विरोध अध्यक्ष चुनिनु भएकाे  हाे । उहाँ यसअघि संघमा उपाध्यक्ष रहनु भएकाे  थियाे ।

नेपाल बैंकर्स संघमा उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने अभ्यास रहेकाे छ। उपाध्यक्ष भने कुमारी बैंकका सीईओ रामचन्द्र खनाल चयन हुनु भएकाे छ।

गत बुधबार वाणिज्य बैंकमा सीइओहरुले अनौपचारिक छलफल गरेर खनाललाई उपाध्यक्ष बनाउने सहमति जुटेकाे  थियाे ।

हाल नेपाल बैंकर्स संघको  अध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला हुनुहुन्थयाे ।

मा प्रकाशित