राष्ट्रिय गौरवका आयोजना छनौट गर्दा आवश्यकता र औचित्यका आधारमा छनाैट गर्नु पर्छ :अध्यक्ष तिमिल्सिना

आर्थिक परिवेश

०२ जेठ, काठमाडौं।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना छनौट गर्दा आवश्यकता र औचित्य पुष्टि गर्नु पर्ने बताउनु भएको छ ।

राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको राष्ट्रिय गौरवका आयोजनाका सम्बन्धमा छलफल गर्न मंगलवार सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष तिमिल्सिनाले व्यक्तिगत स्वार्थमा आयोजना चयन गर्ने प्रवृत्तिको अन्त्य गर्दै गौरबको आयोजना भएको पुष्टि हुने गरि आयोजना छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो

मन्त्री ज्वालाले सडक पूर्वाधारलाई व्यवस्थित गर्न सडक ऐन तर्जुमाको कार्य अगाडी बढाएको जानकारी दिनुभयो ।

मन्त्री ज्वालाले वर्षायाममा सडक अवरुद्ध नहुने गरी सहज रुपमा यातायातका साधन आवतजावत हुने व्यवस्था मिलाउन आवश्यक तयारी थालेको बताउनुभयो ।

मन्त्री ज्वालाले यातायात र पूर्वाधारका क्षेत्रमा रहेका बेथितिको अन्त्य गरी जनताले महसुस गर्ने गरी सुशासन प्रबद्र्धन गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

बैठकमा सांसद्हरुले उत्तर–दक्षिण कालिगण्डकी कोरिडोर र मुग्लिङ–पोखरा र नारायणघाट–बुटवल खण्डको सडक निर्माणमा भइरहेको ढिलासुस्तीका कारण जनताले सास्ती खेप्नु परेको भन्दै  तत्काल समस्याको समाधान गर्न माग गर्नु भयो ।

बैठकमा आयोजना प्रमुखहरुले कोरोना महामारी, मुआब्जा वितरण, कानूनी जटिलता र कतिपय निमार्ण व्यवसायीको  लापरवाहीका कारण पनि आयोजना सम्पन्न गर्न कठिनाइ हुने गरेको बताउनुभयो  ।

मा प्रकाशित