वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरे

आर्थिक परिवेश

०१ कार्तिक,काठमाण्डौ ।    नेपालका वाणिज्य बैंकहरूले चालु कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता (लगानीयोग्य रकम) कायम रहेको र कर्जा प्रवाहमा सुस्तता आएका कारण असोजको तुलनामा कात्तिक महिनामा पनि निक्षेपको औसत ब्याजदर थप घटेर निर्धारण भएको छ ।

कात्तिक महिनाका लागि २० वटा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असोजको ४.०८९५ प्रतिशत विन्दुबाट ०.०७६५ प्रतिशत विन्दुले घटेर ४.०१३ प्रतिशत विन्दुमा झरेको छ ।

त्यसैगरी,संस्थागत निक्षेपको औसत ब्याजदर पनि असोजको ३.०६६५ प्रतिशत विन्दुबाट ०.०६३५ प्रतिशत विन्दुले घटेर ३.००३ प्रतिशत विन्दुमा कायम भएको छ ।

कात्तिक महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदरमा सबैभन्दा ठूलो कटौती गरेर ३ प्रतिशत कायम गरेको छ । त्यसैगरी नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत र संस्थागत दर ०.२६ प्रतिशत विन्दुले घटाएर २.७५प्रतिशत बनाएको छ ।

एभरेष्ट बैंकले भने कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएर ३.७५ प्रतिशत पुरÞ्याएको छ भने संस्थागत दर ३.२५ प्रतिशत मै यथावत राखेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले संस्थागत र व्यक्तिगत तर्फ यथावत नै राखेको छ । कृषि विकास बैकले भने ०.०३ प्रतिशतले घटाएको छ ।

सिद्धार्थ बैंकसहित १३ वटा बैंकहरूले भने कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन नगरी अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन ।

मा प्रकाशित