१७ जेठ,काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड निर्माण गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौसय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार यस दिन चाँदी २० रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मा प्रकाशित