२१ जेठ,काठमाण्डौं । शेयर लगानीकर्ता,नेपाल धितोपत्र बोर्ड,अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको छ ।
अर्थ मन्त्रालयमा अर्थमन्त्री, अर्थसचिव, नेपाल धितोपत्र कोर्डका अध्यक्ष तथा शेयर लगानीकर्ताहरुको उपस्थितिमा भएको छलफलमा त्यसतो सहमती भएको हो ।
छलफलमा सहमती पछि अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले एक सूचना जारी गर्दै शेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले नियमाअनुसार दाखिला गरेको ५ र ७ .५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने जनाएको छ ।
आर्थिक विधेयक,२०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको र त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम कर हुनेछ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सहमतिसँगै शेयर लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ भने कारोबार समेत खुलेको छ ।
सेयर लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्ने चेतावनी दिएर कारोबार बन्द गराई अर्थमन्त्रीसँग छलफलको लागि अर्थ मन्त्रालयमा पुगेका थिए ।
मा प्रकाशित