राष्ट्रिय योजना आयोगले पूर्णता पायाे

आर्थिक परिवेश

२१ जेठ,काठमाण्डौं ।  राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले आइतवार पद तथा गोपनियताको सपथ लिए सँगै आयोगले पूर्णता पाएको हो ।
नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा.मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिनुभयो ।
महिला सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो ।
२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गर्नु भएको थियो । यसअघि आयोगको सदस्यहरु डा.रामकुमार फुयाँल, डा.जयकान्त राउत, डा.प्रभु बुढाथोकी, डा. आरपी विच्छा, र डा. रमेश पौडेल नियुक्त भइसक्नु भएको छ ।

 

मा प्रकाशित