२३ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा धितोपत्र दलाल (सेयर ब्रोकर) तथा एउटा धितोपत्र व्यापारी (स्टक डिलर) लाई व्यवसाय सञ्चालन इजाजतपत्र (लाइसेन्स) दिएको छ ।
बोर्ड सञ्चालक समितिले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेर आशयपत्र पाएका ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।
एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल धितोपत्र बोर्डले पूर्वाधारको निरीक्षण पछि एउटा कम्पनीलाई पूर्ण कार्य गर्ने र ९ वटालाई सीमिति कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र दिएको छ । भने एउटा कम्पनीलाई धितोपत्र व्यापारीकाे इजाजतपत्र (लाइसेन्स) दिएको छ ।
कुन–कुन कम्पनीले पाए लाइन्सेन्स ? हेर्नुस् 