
२३ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करको दर हेरफेरमा उठेका विषयमा प्रश्न गर्दै सरकारले यस विषयमा गम्भीर बन्नु पर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेट माथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले बजेटले जनताका हितलाई केन्द्रमा राखेर जनताको जीवनस्तरमा परिवर्तन गर्ने गरी आउन नसकेको बताउनुभयो ।
अध्यक्ष ओलीले नागरिकका कठिनाइ समाधान गरी गरिबी लगायतका समस्यासँग सशक्त ढंगले जुधेर नागरिकको जीवनस्तर सुधार गरेर अगाडी बढ्ने कुरामा बजेट बेखवर रहेको आरोप लगाउनु भयो ।
उहाँले बजेटले मुख्य रुपमा नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनु पर्ने भन्दै पन्ध्रौँ पञ्चवर्षीय योजनाको यो अन्तिम वर्ष भएकाले त्यो पुरा गर्ने अगामी १६ औँ पञ्चवर्षीय योजनाको सुरुवातका लागि समेत स्पष्ट खाका तयार गर्न सक्नु पर्ने बताउनुभयो ।
मा प्रकाशित