२४ जेठ काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासन हिनताले सम्पूर्णसहकारीलाई शंकाको दृष्टिले हेरिएको बताउनु भएको छ ।
थोरै सहकारी संस्थाले गरेको बदमासीको कारण सदस्यले सबै सहकारीमाथी अविश्वास गर्दा राम्रा सहकारीहरु समस्यामा परेको सचिव रेग्मीले बताउनु भयो ।
गतल काम गर्ने सहकारीलाई संघ, महासंघले संरक्षण दिने भन्दा पनि कारबाहीको लागि प्रकृया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गर्नु भयो ।
बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र संघीय सहकारी विभागले संयुक्त आयोजनामा भएको कार्यक्रममा सचिव रेग्मीले गलत काम गर्नेलाई कारबाही गर्दा संघ, महासंघले साथ दिनु पर्नेमा जोड दिनु भयो ।
आन्तरिक शुसाशनका कारण सहकारीमा समस्या आएको भन्दै त्यसलाई हटाउन अभियान्ता स्वंयम तयार हुनुपर्ने उनको भनाई छ ।
धेरै जस्तो शहरमा रहेका बचत तथा ऋण सहकारी क्षेत्रमा समस्या भएको सचिव रेग्मीले बताउनु भयो ।
कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले बचतकर्ताको रकम फिर्ता गर्दैन भन्ने सहकारी सञ्चालनलाई सहकारी ऐनको १२५ दफा बमोजिम कारबाही गर्ने बताउनु भयो ।
कार्यक्रममा पूर्व सचिव गोपीनाथ मैनालीले सहकारी संस्थाहरु सिस्टममा बस्न नचाहँदा समस्या देखिएको बताउनुभयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले गलत काम गर्ने सहकारी कारबाहीको भागिदार हुनुपर्ने बताउनु भयो ।
समयमा ऐन कानुनको प्रभावकारी कार्यान्वयन भएको भए अहिलेकोे समस्या आउने थिएन कडेलले भन्नु भयो ।
मा प्रकाशित