२८ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बोर्डबाट स्वीकृति प्राप्त नगरेका निष्काशन तथा योजनाहरुमा सहभागी नहुन सर्वसाधारण लगानीकर्ताहरुलाई आह्वान गरेको छ ।
२४ जेठमा मनकामना दरौदी हाइड्रोपावर कम्पनी लिमिटेडले सूचना प्रकाशित गरी सर्वसाधारणहरुलाई लक्षित गरी सेयरमा लगानीका लागि आव्हान गरेको थियो ।
उक्त विज्ञापनप्रति गम्भीर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठित संस्थाले धितोपत्र निष्कासन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९(१) मा संगठित संस्थाले एक पटकमा ५० जना भन्दाबढी व्यक्तिहरुलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नुपर्ने भन्ने व्यवस्था रहेको जनाएको छ ।
प्रचलित कानुन बमोजिम स्वीकृति नपाएका त्यस्ता निष्कासनमा लगानीकर्तालाई लक्षित गरी कुनै पनि व्यक्ति वा संस्थाले सञ्चारका माध्यम मार्फत त्यस्तो सूचना तथा विज्ञापन प्रकाशन तथा सम्प्रेषण नगर्न/नगराउन समेत बोर्डले आह्वान गरेको छ ।
मा प्रकाशित