२८ जेठ , काठमाडाैं । नेपालमा पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना शुभारम्भ भएको छ ।
नेपाल सरकार र विश्व बैंकले आइतवार संयूक्त रुपमा २७ करोड ५० लाख डलर अर्थात करिब ३४ अर्ब ९६ करोड नेपाली रुपैंया लागतको पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना शुभारम्भ गरिएको हो ।
यस आयोजनाले नेपालमा छनौट गरिएका व्यापारिक करिडोरहरूमा व्यापार र यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्न मद्दत गर्नेछ ।
आयोजनाकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरले संयूक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।
आयोजनाले नेपालमा उत्थानशील पूर्वाधारको विकासमा सहयोग पुर्याउने छ । साथै यसले नेपालका विभिन्न प्रदेशहरूबिच तथा छिमेकी मुलुकहरू सँग यातायात र व्यापार आवद्धता थप सुदृढ गराइ आर्थिक सम्भाव्यताको ढोका खुल्ने छ मन्त्री प्रकाश ज्वालाले भन्नुभयो ।
पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि अन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई जलवायु उत्थानशील चार लेनको राजमार्गमा स्तरोन्नति गरिने छ ।
सडक सुरक्षा सुनिश्चित गर्दै, यस आयोजनाले उक्त सडकमा यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । फलस्वरूप भारतको पश्चिमी बन्दरगाहहरूसम्म नेपालले सहज पहुँच प्रदान प्राप्त गर्नेछ ।
विशेष गरी महिला उद्यमी र व्यापारीहरूका लागि आर्थिक अवसरहरू बृद्धि गर्नमा ध्यान दिँदै यस आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधा सहितको कम्तीमा तीनवटा बजार क्षेत्रहरू निर्माण गर्नेछ ।
बंगलादेश, भुटान, भारत र नेपालले परस्पर क्षेत्रहरूमा मालसामान र यात्रुवाहक सवारी साधनको सहज आवतजावत गर्नका लागि हस्ताक्षर गरेको यातायात सम्झौता सम्बन्धमा नेपालको पूर्वतयारी तथा कार्यान्वयनका लागि पनि आयोजनाले सहयोग गर्नेछ ।
आयोजनाले नेपाल लगायत दक्षिण एसियाली देशहरु विचको आर्थिक समायोजन लाई प्रर्वद्धन गर्नेछ र बृहत व्यापार र बजारको मार्ग खोल्ने छ । यस ब्ऋऋभ्क्क् आयोजनालेनेपालमा क्षेत्रीय व्यापार वृद्धि गर्ने छ ।
दिगो पूर्वाधार विकास मार्फत हरित,उत्थानशील तथा समावेशी विकासलाई सघाउने विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरले बताउनु भयो ।
आयोजनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन् ।
नेपाल सरकार र विश्व बैंकबीच सेप्टेम्बर २०२२ मा यस आयोजनाको वित्तिय सम्झौतामा हस्ताक्षर भएको थियो ।
मा प्रकाशित