३२जेठ, काठमाण्डौ । सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्टआमअतिथीहरुकालागि सञ्चालनमाल्याएको छ ।
शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्टगल्फ प्रेमीहरूकालागिझनै आकर्षक गन्तब्यबन्ने विश्वास गरिएको छ ।
अध्यात्म, शान्ती र आनन्ददायीवातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावितहुने सीजी हस्पिटालिटीको विश्वास छ ।
सीजी इन्डस्ट्रियल पार्क भित्र सून्दर गल्फ मैदानसँगै सञ्चालनमाआएको यसमिरायाकाअतिथीहरूले गल्फकोविशेषमज्जालिनपाउनेछन् ।
साथै, शाश्वतधामकादर्शनार्थीहरूकालागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक सावितहुनेछ ।
‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमामिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुतगर्न पाउँदा म हर्षित छु ।
चौधरी ग्रुपकाप्रवन्धनिर्देशकएवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुखकार्यकारी अधिकृत (सिइओ) राहुलचौधरीले भन्नुभयो, ‘मिराया रिसोर्ट सीजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरुलाई मुर्तरुप दिनेगरि तयार गरिएको छ ।यहाँहाम्रापाहुनाहरुले फरक अनुभुतिगर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’
यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्ति सहित साहसिक कार्यको लागि नेपालको विशेष रिसोर्टका रुपमालिइएको छ ।
मनमोहक देवचुलीपर्वतको फेदमाअवस्थित यो रमणीय गन्तब्य, स्वतन्त्र रुपमा भ्रमणमा उत्साहीयात्रुहरुकालागिपनिउत्कृष्टगन्तब्यबन्ने विश्वास लिइएको छ ।
मिरायामाअतिथिहरूले आफ्नो मनोरञ्जनकाआवश्यकताहरू पूरा गर्ने विभिन्नगतिविधिहरू र अन्य सुविधाहरू प्राप्तगर्न सक्नेछन् ।
रिसोर्टमास्विमिङ् पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् । साथैवाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरू जस्ताखास सुविधाहरु प्नि रिसोर्टमा छन् ।
यहाँ देशको शीर्ष श्रेणीमा रहेको गल्फ कोर्स छ जसका कारण गल्फ खेल्न रुचि भएका मानिसहरुका लागि पनि मिराया उत्कृष्ट गन्तब्य बन्नेछ ।
मिरायागल्फ एण्ड वेलनेस रिसोर्ट नेपालको ‘बेस्ट केप्ट सेक्रेट’को रूपमाप्रख्यात छ । आरामदायी रुपमा बस्न मन पराउँने अतिथीवाउनीहरुको अनुभवलाई प्रयोग गर्न चाहनेहरुका लागि रिसोर्टमाअनसाइट खेल विशेषज्ञहरू यस कार्यका लागि समर्पित छन्।
रमणीय जङ्गल र प्रकृतिले घेरिएको यस रिसोर्टले आफ्नो बलियो पर्यावरण–मैत्री दृष्टिमा गर्व गर्दछ ।
रिसोर्टले विभिन्नप्रकारका डाइनिङविकल्पहरू प्रस्तुत गरेको छ । वेलनेस वेगनएलाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरीयन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एण्ड ग्रिल, १९ औं होल जस्ता विकल्पयहाँउपलब्ध छन् ।
काठमाडौंदेखि पश्चिम, चितवनको सामिप्यमा रहेको मिरायाबाट देवचुलीपर्वतको अविरल दृश्यपानगर्न सकिन्छ ।
योभगवानबुद्धको जन्मस्थललुम्बिनी र चितवन राष्ट्रिय निकुञ्ज जस्ता उल्लेखनीय गन्तव्यहरू बाट नजिकको दूरीमा छ ।
मिरायामा पुग्न यात्राका धेरै विकल्प उपलब्ध छन् । यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा रहेको छ ।
साथै, निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौंबाट मिरायामाअवतरण गर्न सकिन्छ ।
रिसोर्ट विवाह, कर्पोरेट मिटिङ एवं अन्यगतिविधि र निजी योग रिट्रीटहरूसहितविभिन्नकार्यक्रमहरू होस्ट गर्न पनि सुसज्जित बनेको छ ।
आध्यात्मिक अनुभव खोज्नेहरूका लागि मिरायाले शाश्वतधामको मन्दिर भ्रमण, पूजा र अन्य धार्मिक गतिविधिहरु उपलब्ध गराउँदछ ।
सीजी हस्पिटालिटी बहुराष्ट्रिय कम्पनी सीजीकर्प ग्लोबलको मातहतमा तिब्र गतिमाविस्तार भइरहेको एक प्रतिष्ठितआतिथ्य सत्कार कम्पनीहो ।
यसले हाल नेपाल, भारत, श्रीलंका, युनाइटेड अरब इमिरेट्स, अमेरिका, माल्दिभ्स केन्यालगायत विभिन्न १२ देशमा सीजी हस्पिटालिटी अन्तर्गत संचालित १५९ ओटा होटलहरु रहेका छन् जहाँ ८८६३ कोठाहरु रहेका छन् ।
मा प्रकाशित