अष्ट्रेलियामा नेपालीहरु उद्यमी बन्दै रियलस्टेटमा प्रभाव बढाउदै मल्टी डाइनामिक

आर्थिक परिवेश

१ असार, काठमाडाै  ।  अध्ययन र रोजगारीका लागि अष्ट्रेलियामा गएका नेपालीहरु पछिल्लो समय विभिन्न उद्यममार्फत स्थापित हँदै गएका छन् ।

अष्ट्रेलिया नेपालीहरुको लागि शिक्षा आर्जन,अवसरको श्रृजना तथा उद्यम र व्यवसाय गरी स्थापित हुुने उपयुक्त थलोको रुपमा विकास हँदै गएको छ ।

अध्ययन, रोजगारी तथा बसोबासको हिसावले नेपालीहरु अष्ट्रेलियाका सातवटै राज्यहरुमा छरिएर रहेका छन भने मुख्यरुपमा न्यु साउथवेल्स, क्वीन्सल्याण्ड र भिक्टोरीयामा नेपालीहरुको वाक्लो र प्रभावकारी उपस्थिति हुँदै गएको छ ।

यस क्रममा नेपालीहरुले शिक्षा,सूचना र प्रविधि,अडिट सेवा, शैक्षिक परामर्श र हाउजिड.लगायतका क्षेत्रमा राम्रो काम गरेर अष्ट्रेलियाको अर्थतन्त्रमा राम्रो योगदान पु¥याउन थालेका थालेका छन् ।

अष्ट्रेलियामा छोटो समयमा स्थापित भएको र नेपाली अष्ट्रेलियन र अन्य समुदायका नागरिकहरु बीच चिनिएको मात्र नभै त्यहाँका न्यु साउथवेल्स,क्वीन्सल्याण्ड र भिकटोरीया जस्ता राज्यहरुमा समेत आफनो व्यवसाय विस्तार गर्न सफल उद्यमको रुपमा स्थापित भएको छ, रियलस्टेट व्यवसाय—मल्टि डाइनामिक ।

स्थापनाको सात बर्षमा अष्ट्रेलियाका ७ स्थानहरुमा फ्रेनचाजिड.कम्पनी स्थापना र विस्तार गर्न सफल मल्टि डाइनामिक विभिन्न समयमा अष्टे«लिया पुगेका ३ जना नेपाली युवाहरुले स्थापना गरेका हुुन् ।

कम्पनीले हाल ६० जना भन्दा बढीलाई रोजगारी उपलब्ध गराएको छ, कम्पनीको भ्यालु मिलियन डलरको पुगेको छ ।

नेपालीहरुले स्थापन गरेको रियलस्टेट कम्पनीको रुपमा तेस्रो भए पनि मल्टी डाइनामिक चर्चा, काम र परिचयका दष्टिले पहिलो कम्पनीको रुपमा कृयाशिल भएको सुनाउनु हुन्छ, मल्टी डाइनामिकका संस्थापक र हालका प्रमुख मेघराज पौडेल ।

 अध्ययन र रोजगारीका लागि अष्ट्रेलियामा गएका नेपालीहरु पछिल्लो समय विभिन्न उद्यममार्फत स्थापित हँदै गएका छन् । अष्ट्रेलिया नेपालीहरुको लागि शिक्षा आर्जन,अवसरको श्रृजना तथा उद्यम र व्यवसाय गरी स्थिापित हुुने उपयुक्त थलोको रुपमा विकास हँदै गएको छ । अध्ययन, रोजगारी तथा बसोबासको हिसावले नेपालीहरु अष्ट्रेलियाका सातवटै राज्यहरुमा छरिएर रहेका छन भने मुख्यरुपमा न्यु साउथवेल्स,क्वीन्सल्याण्ड र भिक्टोरीयामा नेपालीहरुको वाक्लो र प्रभावकारी उपस्थिति हुँदै गएको छ । यस क्रममा नेपालीहरुले शिक्षा,सूचना र प्रविधि,अडिट सेवा, शैक्षिक परामर्श र हाउजिड.लगायतका क्षेत्रमा राम्रो काम गरेर अष्ट्रेलियाको अर्थतन्त्रमा राम्रो योगदान पुरयाउन थालेका छन् ।

कम्पनीलाई अहिलेको अवस्थामा पु¥याउन संचालकद्धय विजय पौडेल तथा विष्णुप्रभात साप्कोटाको भूमिका महत्वपूर्ण रहेको बताउनु हुन्छ प्रमुख पौडेल ।
त्यहाँ नै विभिन्न काम गर्दै गरेका चितवनका २ जना र तनहुँका १ जना युवा न्यु साउथवेल्सको इड.गलवर्नमा सन् २०१७ मा मल्टि डाइनामिक नामक कम्पनीलाई संयुक्त कम्पनीको रुपमा व्यवसायिक ढंगले अघि बढाउन सहमत भएका थिए ।

पृथिवी नारायण क्याम्पस पोखरामा स्नातक  सकेर काठमाडाैमा  आएर व्यवसाय शुरु गरे पछि ठमेलमा मोर डाइनामिक नामक ट्युशन तथा ब्रिज कोर्श इन्सटिच्युट चलाउदै आएका मेघराज पौडेललाई नेपालको अस्थिर राजनीतिक अवस्थाले नेपाल नबस्ने अवस्थामा पुयाएको थियो ।

 

सन् २००९मा अष्टेलिया पुगेका पौडेले त्यहाँ रियलस्टेट सम्बन्धी व्यवसायको राम्रो संभावना देखेर त्यही विषयमा अध्ययन गरी रियलस्टेट एजेन्टको लाइसेन्स लिएर काम शुरु गरेको बताउनु भयो ।

अष्ट्रेलियामा चर्चित र विश्वभर शाखा सञ्जाल रहेको रे ह्वाइट नामक रियलस्टेट कम्पनीमा साढे दुई बर्ष काम गरेपछि मेरो काम देखेर कम्पनीले रे ह्वाइटको फ्रेन्चाइज खोल्न दिने आश्वासन दिएको थियो तर पछि नदिएकोले त्यहाँ काम छोडेर आफनो छुट्टै कम्पनी खोल्ने निधोमा पुग्नु आफनो लागि टर्निड.पोइन्ट भएको पौडेलले सुनाउनु भयो ।

त्यस पछि सन् २०१५मा जन्मिएको थियो मल्टी डाइनामिक । दुई बर्षसम्म जेनतेन एक्लै एक्लै चलाउँदा भने जस्तो प्रभावकारी नभए पछि सन् २०१६को अन्त्य तिर नेपालको चितवनबाट अष्ट्रेलियामा रहि विभिन्न काम गरिरहेका विजय पौडेल र विष्णुु साप्कोटासंग भेट भएको र कम्पनी संयुक्त रुपमा चलाउने सम्बन्धी प्रस्ताव राखेको र आफनो प्रस्तावमा उहाँहरु सहमत भएपछि मल्टी डाएनामिक संयुक्त कम्पनीको रुपमा अघि बढाउन संभव भएको स्मरण गर्नु हुुन्छ—मेघराज ।


“७ बर्षको संयुक्त कामको शिलशिलामा अष्ट्रेलियामा रियलस्टेट एक व्यवसायिक संभावनाको क्षेत्र भएको र त्यस क्षेत्रमा साझेदारीमा व्यवसाय गरेर राम्रो गर्न सकिने रहेछ भन्ने हामीले नेपाली तथा अष्ट्रेलियाली समुदायमा स्थापित गरेका छौ,” पौडेलले उल्लेख गर्नु भयो ।

मलाई यस अर्थमा गर्व छ,“हामी पछि धेरै नेपालीले यस क्षेत्रलाई व्यवसायको रुपमा अंगालेका छन् र यस क्षेत्रमा एक व्यवसायिक आचरण र मान्यता स्थापित गर्न सकेका छांै भन्ने, मेघराजले उल्लेख गर्नु भयो”।

यो व्यवसाय गर्दा व्यवसायिक इथिक्सलाई पालना गर्नेहरुले राम्रो पनि गरेका छन । यसरी काम गर्दा सबैलाई फाइदा नै भएको छ,हामीलाई पनि खुुशि लाग्छ, पौडेले उल्लेख गर्नुभयो ।

कतिपयले बिजनस इथिक्स पालना नगरेको,स्वस्थ्य प्रतिपर्धाको भाव नराखेको जस्ता कारणले समग्र व्यवसायमा नै असर पर्न सक्ने भएकोले यसमा सचेतता अपनाएर व्यवसाय सञ्चालन गर्न आफूले सबैलाई अग्रह गर्दै आएको मल्टी डाइनामिक प्रमुख पौडेलले भनाइ छ ।

अष्ट्रेलियामा रियलस्टेट एजेण्टको काम गर्ने गरी लाइसेन्स प्राप्त गर्ने आफू नै पहिलो नेपाली भएको दावी गर्दै पौडेलले आफनो कम्पनीले नेपाली तथा अन्य समुदायले गर्ने सामाजिक कृयाकलापहरुमा गर्ने गरेको आर्थिक तथा भौतिक सहयोगका कारण पनि मल्टी डाइनामिकको चर्चा र प्रचार बढी भएको हो, उहाँको भनाइ छ ।

५० वटा फ्रेन्चाइजिड.पुरयाउन सकेको खण्डमा हामीले अन्य कम्पनीहरुसंग प्रतिस्पर्धा गरेर अघि बढन सक्ने अवस्थामा पुग्छौ होला, पौडेले बताउनुु भयो ।

७ बर्ष अघि ३ जनाले १÷१ हजार अष्टे«लियन डलरको लगानीमा शुरु भएको मल्टी डाइनामिक हाल मिलियन डलर भ्यालुको भएको छ । कम्पनीमा हाल नेपाली भारतीय, बंगलादेशी र अष्टे«लियालीहरुले रोजगारी पाएका छन् ।

अष्टे«लियामा नेपाली समुदायले आयोजना गर्ने सभा,सम्मेलन, मेला, महोत्सव तथा पर्वका अवसरमा आयोजित कार्यक्रमहरुमा मल्टी डाइनामिकले सर्पोट र स्पोन्सर गर्दै आएकोले अष्टे«लियामा बसोवास गर्ने नेपालीहरुको रोजाइमा मल्टी डाइनामिक पर्ने गरेको बताउनु हन्छ, अष्टे«लियामा बसोबास गर्ने नेपालीहरु ।

हाल न्यु साउथ वेल्सको इड.गलवर्न,केम्की,अर्वन,राउजिन,एडिलेट—साउथ अष्टे«लिया,क्विन्सलैण्डको गोल्डकोष्ट, भिक्टोरियाको मेलबर्नमा मल्टी डाइनामिकका कार्यालयहरु संचालनमा रहेका छन भने तास्मानियामा थप कार्यालय संचालनको तयारी भैरहेको छ ।

अष्ट्रेलियाभर ३५० वटासम्म कार्यालय स्थापना गरेर सेवा दिन सकेको खण्डमा अष्ट्रेलियाको एक प्रतिपर्धी र थप डाइनामिक रियलस्टेट कम्पनी “मल्टी डायनामिक”बन्न सक्ने पौडेलको विश्वास छ ।

हाल कुनै स्थानमा फ्रेन्चाइजिड.कम्पनी संचालन गर्न ५० हजारदेखि १०० हजारसम्म खर्च लाग्ने भएकोले पनि शाखा विस्तार चुनौतीपूर्ण भएको पनि उहाँको भनाई छ । रियलस्टेट व्यवसायको क्षेत्रमा पछिल्लो समय प्रतिस्पर्धा पनि निकै बढी रहेको छ ।

 

मा प्रकाशित