प्रधानमन्त्रीबाट मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण

आर्थिक परिवेश

 ०३ असार,मेलम्ची,सिन्धुपाल्चाेक ।  प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ ।

हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुग्नुभई मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीहरुसँग जानकारी लिनुभएको हो ।

निरीक्षण भ्रमणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे  व्याख्या गर्नुभएको थियो ।

सोक्रममा उहाँले आयोजनाले भोग्नु परेका समस्या र बाँकी काम बारे जानकारी गराउनु भएको थियो । साथै,  मेलम्चीमा आएको बाढीले आसपासका ४०० घरपरिवार नष्ट भएको र ती क्षेत्रका जनताको भोग्गु परिरहेको समस्याका बारेमा अभिरुचिपूर्वक चासो लिनु भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, `कहाँ के गर्नुपर्छ भन्ने एउटा चित्र आएको छ । बजेटसँग सम्बन्धित बिषयहरूलाई प्राथमिकतामा राखिने छ ।´

प्रधानमन्त्रीले आफू बाटोमा आउँदा देखेको सडकको दुरावस्था कलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो ।

मा प्रकाशित