हिमालय एअरलाइन्सकाे काठमाडौं–बेइजिङ नियमित उडान सुरु

आर्थिक परिवेश

०९असार,काठमाडौ ।   नेपालको निजी क्षेत्रको विमान कम्पनी हिमालय एअरलाइन्सले शनिवारदेखि काठमाडौं–बेइजिङ नियमित उडान सुरु गरेको छ ।

शनिवारको प्रारम्भिक उडानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसहितका यात्रुहरुले यात्रा गरेका छन् ।

हिमालयको एच नाइन ६६५ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहानको ७ बजेर ४० मिनेटमा उडान गरेको हो । उक्त विमान बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण हुने कम्पनीले जनाएको छ ।

काठमाडौं–बेइजिङ उडान अवधि ४ घण्टा ४५ मिनेटको हो । बेइजिङबाट उक्त विमान दिउँसो ३ बजेर २५ मिनेटमा प्रस्थान तालिका छ ।

उक्त विमान काठमाडौंममा साँझ ६ बजेर ३० मिनेटमा अवतरण हुनेछ ।

बेइजिङ र काठमाडौं आउजाउ गर्ने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प भइरहँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने विश्वास रहेको हिमालय एयरलाइन्सले विज्ञप्तिमा उल्लेख गरेको छ ।

मा प्रकाशित