चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक धनाढय ज्याक मा काठमाण्डौंमा

आर्थिक परिवेश

१२ असार, काठमाडौं ।  चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक धनाढय अर्बपती ज्याक मा काठमाण्डौं आउनु  भएकाे  छ ।

उहाँ सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमन विभागका अधिकारी खिमलाल भुसालले जानकारी दिनु भयाे ।

अर्बपती ज्याक मा  चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुग्नु भएकाे हाे ।

ज्याक मा सवार निजी जहाज काठमाडौं अवतरण गरेको र उहाँ सँग एउटा टोली पनि नेपाल आएको छ ।

स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ ।

विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको पूरा नाम ज्याक मा युन हो । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् ।

फोर्ब्सका अनुसार आजको दिनमा उहाँको रियलटाइम सम्पत्ति २३.५ बिलियन अमेरिकी डलर छ ।

विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका अर्बपती ज्याक मा ५८ वर्षकाे हुनुहुन्छ । इकमर्स बिजनेसमा आउनुअघि उहाँ ह्वाङजाउमा अंग्रेजी विषयकाे शिक्षक हुनुहुन्थ्याे ।

चीन बाहिर चिनियाँ बैभवको बिम्बका रुपमा ज्याकलाई लिने गरिन्छ  ।

उहाँ सन् २०२० को सुरुवात तिरबाट अचानक सार्वजनिक जीवनबाट हराउनु भएकाे थियाे । चीन सरकारकाे नीतिप्रति सार्वजनिकरुपमा आलोचना गरेपछि उहाँको कम्पनीले ल्याउन लागेको आईपीओ चीन सरकारले रद्द गरिदिएको थियो ।

चीन सरकारसँग बिबाद भएर आईपीओ रोकिएयता उहाँ सार्वजनिक जीवनबाट टाढा गुमनाम बस्दै आउनु भएकाे छ ।

मा प्रकाशित