१२ असार, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषि क्षेत्रका आधारभूत सेवालाई सर्वसुलभ बनाई योगदानमा आधारित वर्गीकृत किसान पेन्सन योजना अघि सारिएको बताउनुभएकाे छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकहरूमाथिको उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भुसालले कृषि देशलाई उठाउने आधार भएकाले किसानहरूको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनु भयाे ।
मन्त्री भुषालले कृषि तथा पशुपन्छी बिमाको प्रिमियममा अनुदान दिने भन्दै बीउ बिजनमा दिने अनुदान खारेज नगरिएको स्पष्ट पार्नुभयो ।
मन्त्री भुसालले ७८ हजार ४ सय २२ मेट्रिकटन रासायनिक मल मौज्दात रहेको र असार महिनामा ४५ हजार मेट्रिक टन र साउन महिना भित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने भएकाले यो वर्ष धानखेतीका लागि मलको अभाव नहुने बताउनुभयो ।
मंगलवारकाे बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनु भएकाे छ ।
मा प्रकाशित