राष्ट्रिय धान दिवस मनाइयाे एक लाख ३० हजार हेक्टर जमिन बाँझो

आर्थिक परिवेश

१५ असार, काठमाण्डौ ।  असार १५ गते मानो रोपेर मुरी फलाउने दिन तर समयमा बर्षा  नहुँदा देशका विभिन्न स्थानमा पानीकाे अभावमा धान राेपाइ हुन सकेकाे छैन  ।
यस दिन नेपालमा विभिन्न कार्यक्रम सहित धान रोपाई गरेर २० औं राष्ट्रिय धान दिवस भने मनाइएको छ ।
यसै अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अर्थतन्त्रलाई सुदृढ बनाउन धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद्द्वारा खुमल्टारमा आयोजित २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० लाई सम्बोधन गर्दै उहाँले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको र उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पु¥याएर उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताउनुभएको हो ।

हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ ।

राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पु¥याउन नसक्दा बसाइँसराइ यसको मुख्य कारण बन्न पुगे । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पु¥याउन मन्त्रालय क्रियाशील छ । यस वर्षको सबै कार्यक्रमलाई सफल बनाउन लागि परौँ ।” मन्त्री डा भुसालले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतले धान उत्पादनमा नेपाल विश्वको १२ आँै स्थानमा भए पनि ठूलो सङ्ख्यामा धान आयात गरिरहेको बताउँदै धान उत्पादन वृद्धिका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराईले राष्ट्रिय जिडिपीमा धान उत्पादनको योगदान पाँच प्रतिशत रहेको बताउँदै गुणस्तरीय बीउ वितरण गरेर आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गर्दै उत्पादन वृद्धिमा लाग्नुपर्ने बताउनुभयो ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका महानिर्देशक डा रामकृष्ण श्रेष्ठले जलवायु परिवर्तनको असरले कृषि उत्पादनका साथै धान उत्पादनमा समेत असर परेको अवस्थालाई ध्यान राख्दै यस वर्षको नारा तय गरिएको बताउनुभयो ।

यस वर्ष धान दिवसमा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा छ ।

हाल नेपाललाई ७२ लाख मेट्रिक टन धान आवश्यक पर्नेमा ५६ लाख मेट्रिक टन मात्रै उत्पादन भइरहेको छ ।

मा प्रकाशित