सुनमा लक्जरी कर लगाइएको छैनः अर्थमन्त्री डा. महत

आर्थिक परिवेश
१६ असार, पोखरा ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले मध्यम खालका उद्योगलाई संरक्षण गर्न  बजेटमा  व्यवस्था गरेकाे बताउनु भएकाे छ ।
पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँगको शनिबार भएको भेटघाट कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘मध्यमखालको उद्योगले नै धेरै रोजगारी सिर्जना गनेर्उ भएकाेले त्यसता उद्योगलाई संरक्षण गर्न नयाँ  बजेटमा  व्यवस्था गरेकाे बताउनु भयाे ।
मध्यम खालका उद्योगलाई  कम्तीमा एक तहको संरक्षण दिने सरकारको नीति छ, जसले गर्दा देशभर तथा पोखरामा साना र मझौला उद्योग वृद्धि हुने अर्थमन्त्री डा. महतको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘पर्यटन व्यवसायले लय पक्रन थालेको छ । उद्योग वाणिज्य क्षेत्रका साथीहरुले सकरात्मक सोचका साथ अगाडि बढ्न जरुरी छ ।’
व्यवसायीहरुले सोधेको जिज्ञासाको उत्तर दिँदै मन्त्री डा. महतले भन्नुभयो, ‘सुनमा लक्जरी ट्याक्स लगाएको छैन, हिरा मोतीमा मात्र हाे, लक्जरी ट्याक्स ।
जसले १० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो ट्याक्स लगाएको हो ,  थोरै भए पनि आम मानिसले सुन लगाउँछन, त्यसैले सुनमा ट्याक्स लगाएको छैन ।’
उहाँले ट्राभल्र्समा भ्याट नलगाएको तर एयरलाइन्सलाई लगाएको लगाएकाे प्रष्ट पार्नु भयाे ।
नेपाल ओरिजन भएको एयरलाइन्सको फ्लाइटमा त्यसताे ट्याक्स लाग्छ तर व्यवसायीहरुले ट्याक्स तिर्नुपर्ने होइन’ मन्त्री डा. महतले भन्नुभयो ।
‘नेपालको उत्पादन बढाउन आलु प्याजमा भ्याट लगाइएको हो ।
साप्टाको सम्झौताअनुसार ७ प्रतिशतभन्दा बढी कर लगाउन पाइँदैन । सुनमा भारतमा जस्तै यहाँ पनि सुविधा दिएको छ । महिलालाई ५० हजार र पुरुषलाई २५ हजार रुपैयाँसम्म सुन खरिदमा सुविधा दिइएको छ ।’
मा प्रकाशित