१९ असार,काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख भएको बताउनु भएको छ ।
मंगलबार संसदको अर्थसमितिमा बोल्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधार उन्मुख भए पनि समस्यामुक्त भइनसकेकोे बताउनुभयो ।
उहाँले कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त हुँदैन र समय समयमा समस्या आइरहन्छन् तर समाधानको बाटो पहिल्याउँदै जानुपर्छ भन्नु भयो ।
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालयले समन्वयकारी भूमिकाका साथ केही ठाउँमा अगुवाइ पनि गरेको बताउनु भयो ।
‘राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको भए पनि प्रगति भएको र राजस्व संकलनको संशोधित लक्ष्यले निर्धारण गरे अनुसार उठाउन नसके पनि प्रगति भएको बताउनु भयो ।
‘एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो, अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन, जसले गर्दा भन्सार लक्ष्यअनुसार नउठे पनि गैरकर गत वर्षभन्दा ११ दशमलब ८८ प्रतिशत बढी उठेको अर्थमन्त्रीले बताउनु भयो ।
आउँदो वर्ष नेपालको अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको भन्दै मन्त्री डा. महतले समयसीमाभित्र बजेट कार्यान्वयनका लागि कर्मचारीहरुलाई निर्देशन गरेको उल्लेख गर्नु भयो ।
नेपालले क्षमताभन्दा बढी सामाजिक सुरक्षामा खर्च गरेको तर त्यसबाट पछाडि फर्किन सक्ने अवस्था नरहेको अर्थमन्त्रीले बताउनु भयो ।
मा प्रकाशित