२० असार, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न सम्वद्ध कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर कार्यालयका कर्मचारीलाई बुधवार निर्देशन दिनुहुँदै अर्थमन्त्री महतले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न कर्तव्यनिष्ठ भएर काम गर्न भन्नुभएको हो ।
कर्मचारी कर्तव्यबाट पन्छिन नहुने बताउनुहुँदै अर्थमन्त्री महतले सेवाग्राहीमाझ सहजरूपमा प्रस्तुत हुन पनि निर्देशन दिनुभयो ।
अहिले लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताउनुहुँदै उहाँले अर्थतन्त्रलाई गति दिनका लागि पनि राजस्व बढाउन आवश्यक रहेको बताउनुभयो ।
भन्सारमा आधारित राजस्व नीतिले अर्थतन्त्रलाई सुधार गर्न नसक्ने र सार्वजनिक ऋणको सदुपयोग गर्ने विषयमा सरकार स्पष्ट रहेकाले सोही नीतिअनुसार काम गर्न पनि अर्थमन्त्री महतले निर्देशन दिनुभएको छ ।
मा प्रकाशित