प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिसंग सुझाव

आर्थिक परिवेश

२० असार, काठमाडाैं ।  राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चवर्षीय आवधिक योजनाकाे अाधारपत्र तयारीका  लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थाहरूसँग छलफल गरेको छ ।

सिंहदरबारस्थित आयोगको हलमा बुधवार भएको छलफलमा नयाँ आवधिक योजनाका लागि सुझाव दिन कोशी प्रदेशबाहेक सबै प्रदेश योजना आयोगका उपाध्यक्षहरू सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा प्रदेश योजना आयोगका उपाध्यक्षहरूसहित जिल्ला समन्वय समिति, नगरपालिका सङ्घ तथा गाउँपालिका सङ्घबाट प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो ।

योजना आयोगले अहिले १६ औँ योजनाको मस्यौदा तयार पारिरहेको छ ।

उक्त अाधारपत्रकाे मस्यौदा माथि आयोगले मधेस प्रदेश योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी, बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा नरविक्रम थापा, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा नहकुल केसी, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका योजना आयोगका उपाध्यक्ष मोहनदेव विष्टसँग छलफल गरेको हो ।

छलफलमा सहभागिहरुले हिमालयबाट बग्ने पानी निर्यात गर्ने, सूचना प्रविधिको माध्यमबाट रोजगारी सिर्जना गर्ने, दक्ष जनशक्ति उत्पादनमा आगामी योजना केन्द्रित हुने लगायतका सुझाव प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिहरूले राष्ट्रिय योजना आयोगलाई दिनु भयो ।

मा प्रकाशित