व्यवसायीहरुको मनोबल बढे मात्र देशमा लगानीको वातावरण बन्छ : अध्यक्ष ढकाल

आर्थिक परिवेश

२३ असार, काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएको बताउनुभएको छ ।

व्यवसायीहरुको मनोबल बढाउने काम गर्न सरकारले ध्यान दिनु पर्छ भन्नुहूदै अध्यक्ष ढकालले उद्योगी तथा व्यवसायीहरुको मनोबल बढेमा मात्र देशमा लगानीको वातावरण बन्न नसक्ने बताउनुभयो ।

नवलपरासी उद्योग वाणिज्य संघको पन्ध्रौं पद हस्तान्तरण तथा अतिथिगृह उद्घाटन समारोहलाई शनिवार परासीमा सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले अध्यक्ष ढकालले आगामी मौद्रिक नीतिपछि व्याजदर घट्ने र थलिएको अर्थतन्त्र पुन चलायमान हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं निवर्तमान जिल्ला अध्यक्ष केशव भण्डारीले नवलपरासीलाई ओैद्योगिक क्षेत्रको रुपमा घोषणा गर्न आवश्यक रहेको बताउनुभयो ।

मा प्रकाशित