नारायणगढ–मुग्लिन तथा नारायणगढ बुटवल सडक खण्डको सास्तिका कारण विमान चढने बढे
आर्थिक परिवेश
२३ असार, नवलपरासी । निर्माणाधीन अवस्थामा रहेको नारायणगढ–मुग्लिन सडक खण्डको सास्तिका कारण त्यस बाटो भएर यात्रा गर्ने प्राय सबै यात्रुले असुरक्षित महसुस गर्न थालेका छन् ।
खाल्डा खुड्लीका कारण र अहिले बर्षायामको पहिरोले दिनहुजसो सडक अवरुद्ध हुदा ज्यानकै जोखिम मोल्नु पर्ने अवस्था छ ।
ठाउँ ठाउमा जाने पहिरोले दुर्घटनाको जोखिम उच्च रहेको छ ।भने अर्का तिर समयमै गन्तब्यमा पुग्न सक्ने अवस्था पनि छैन।
सडकको यहि दुर्दशाका कारण अहिले आन्तरिक तर्फका हवाईयात्रुको संख्यामा वृद्धि भएको छ । पश्चिम् नेपालको भैरहवा स्थित गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थल प्रयोग गर्नेको संख्या दिनहुँजसो बढेको बायुसेवा कम्पनीहरुको भनाई छ ।
अहिले भैरहवा काठमाडौ उडान गर्दै आईरहेको बुद्ध एयरले भैरहवा देखि दैनिक ९ वटा उडान भर्दै आईरहेको छ ।”बर्षायाममा अहिले केही यात्रु त पक्कै बढेका छन ।
बाटोका कारण हवाई यात्रुको संख्या बढेकै छ” बुद्ध एयरका सुचना अधिकारी दिपेन्द्र कर्णले रेडियो नेपाललाई जानकारी दिनुभयो ।८० देखि ९० प्रतिशत सिट भरेरै उडान हुने गरेको उहाको भनाई छ ।
मुग्लिन सडकखण्ड अवरुद्ध हुदा भरतपुर बाट हुने दैनिक उडानमा समेत यात्रुको चाप बढेको उहाको भनाई छ ।
यसो हुनुमा विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकमा यात्रुले पाइरहेको सास्ती मुख्य कारण हो ।
पछिल्लो करिब दुई सातादेखी यो सडक खण्ड निरन्तर अवरुद्ध भइरहेको छ । यसले यात्रा असुरक्षित समेत बनेको छ ।
यसैगरी भैरहवा देखि काठमाडौका लागि दनिक तीन उडान गर्दै आईरहेको यति एयरलाइन्समा पनि यात्रु चाप नघटेको बताउनु हुन्छ यति एयरलाइन्स भैरहवाका सुचना अधिकारी अनुप ढकाल ।”
बुटवल नारायणगढ सडकका कारण बिचमा त हामिले १ फ्लाइट थप गरेरे दैनिक ४ वटा उडान भरेका थियौ”-ढकालले भन्नुभयो ।
अहिले भैरहवा देखि काठमाडौको हवाई भाडा न्युनतम ४ हजार दुई सय रहेको छ ।भाडा महगो भएपनि ज्यानकै जोखिम मोल्नु भन्दा हवाईयात्रा नै गर्नु पर्ने अवस्था रहेको यात्रुहरुको भनाई छ ।”
महँगो भनेर के गर्नु ज्यानको माया सबैलाई छ जहाजमा समयमै त पुगिन्छ”काठमाडौ जान लागेका बर्दघाटका एक यात्रुको भनाई थियो ।
सामान्यतय पनि यो बाटो प्रयोग गरि हिड्ने सवारी साधनहरु समयमै गन्तब्यमा पुग्न सक्ने स्थिती छैन।सामान्य बिपन्न नागरिकहरु महङ्गो भाडा तिरेर हवाई यात्रा गर्ने अवस्था छैन ।
पटक पटक म्याद थप गरेको चाईना स्टेट कम्पनिले समयमै निर्मा सम्पन्न नगर्दा लाखौ यात्रुले सास्ती खेप्नु परेको छ ।