अष्ट्रेलियाका नेपालीलाई यतीबेला चुनावकाे भल छाेपाइ  

आर्थिक परिवेश

 ३० असार, काठमाडाै‌ । अष्ट्रेलियाका नेपालीलाई यतीबेला आफनो प्रतिनिधि छनौटका लागि  चुनाव लागेकाे  छ  ।

करिव १ लाख ५० हजार नेपालीहरुको बसोबास रहेको अष्ट्रेलियामा नेपालीहरुको साझा संस्था गैर  आवासीय नेपाली संघको निर्वाचनले यति वेला माहौल तताएको छ ।

२०२३ जुलाई २९ तारिखमा हुन गैरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अष्ट्रेलियाको निर्वाचनका लागि अध्यक्षको पदमा ३ जनाले उम्मेदवारी घोषणा गरेका छन्।

महासचिवमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अन्य उम्मेदवारीको वारेमा अध्ययन भैरहेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षका उम्मेदवारहरुले हाल अष्ट्रेलियाका नेपालीहरुको बाक्लो बसोबास रहेका विभिन्न प्रदेशहरुको चुनावी भ्रमण गरिरहेका छन् ।

निर्वाचनका लागि राष्ट्रिय कार्यसमिति अष्ट्रेलियाका पूर्व अध्यक्ष तन्नउ घोथानेलाई निर्वाचन समितिको संयोजक बनाइएको छ ।

विश्वभर सबै भन्दा धेरै नेपालीहरुको बसोबास रहेको अष्ट्रेलियामा हुन लागेको यो निर्वाचनले चर्चा पाउनु स्वभाविक भए पनि अझै धेरै नेपालीहरु गैर आवासी नेपाली संघको दायराबाट बाहिर नै रहेको अवस्था छ ।

यस निर्वाचन प्रयोजनका लागि सदस्यता आवेदन माग गरेकोमा जम्मा २० हजारले आवेदन गरेकोमा तीन सबै आवेदकको छानविन गरी एक दुइ दिनमा योग्य मतदाताको नाम निकाल्ने तयारी भैरहेको निर्वाचन समितिले जनाएको छ ।

कुल संख्याको १० प्रतिशतले पनि गैर आवासीय नेपाली संघमा आवद्धता जनाएका छैनन ।

नेपालीहरुको न्युन सहभागिताको रहेको भए पनि नेपाल सरकारको आधिकारिक मान्यता रहेको यो नै नेपालीहरुको छाता संस्थाको रुपमा रहेको छ ।

गैर राजनीतिक प्रकृतीको यो संस्थालाई पछिल्लो समय राजनीतिक प्रभावमा पारिएको गुनासो गैर अवासीय नेपालीहरुले गर्ने गरेका छन् ।

नेपाली राजनीतिको प्रभाव पनि गैर आवासीय नेपाली संघमा समय समयमा देखिने गरेको र त्यसतो प्रभावबाट संघ मुक्त हुन नसकेको धेरैको गुनासो अद्यपी कायमै छ ।

अध्यक्ष पदका लागि हालका उपाध्यक्ष देवबहादुर गुरुड. पूर्वकोषाध्यक्ष तथा प्रवक्ता डिला खरेल र हालका कोषाध्यक्ष अनिल पोखरेल चुनावी प्रतिस्पर्धामा उभिनु भएकाे  छ ।

महासचिवमा ३ वटै समूहबाट ३ जनाकाे उम्मेदवारी परेकाे छ जसमा उषा बारिया, राेशन घले तथा सन्ताेष कुँवर रहनु भएकाे छ ।

मा प्रकाशित