३० असार,काठमाडौं । सरकारले ६ देशको लागि राजदूतकाे नाम सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतहरूकाे लािग नाम सिफारिस गरेको हो ।
राजदूतको लागि यस पटककाे सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव रहनुभएकाे छ ।
जस अनुसार अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, युनाइटेड अरब इमिरेट्सको लागि तेजबहादुर क्षेत्री, कुवेतको लागि घनश्याम लल्साल, थाइल्यान्डको लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधिर भट्टराई र जेनेभास्थित स्थायी नियोगको लागि रामप्रसाद सुवेदीको नाम राजदूतमा सिफारिस गरिएको छ ।
मा प्रकाशित