नेपालमा उत्पादित हाईलेज घाँस चीनतर्फ औपचारिक रुपमा निर्यात

आर्थिक परिवेश

३० असार, चितवन ।  नेपालमा उत्पादन भएको हाईलेज घाँस शनिवारबाट औपचारिक रुपमा चीनतर्फ निर्यात शुरु भएको छ ।

शनिवार चितवनको भरतपुरमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपालका लागि चीनिया दूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको हाइलेज निर्यात कार्यको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुभारम्भ गर्नु भयाे ।

निर्यात कार्यको शुभारम्भ गर्नु  हुँदै   गृहमन्त्री  श्रेष्ठले  चितवनबाट चीनमा हाईलेज घाँस निर्यात हुनु ऐतिहासिक उपलब्धी भएको बताउनुभएको भयो ।

उहाँले हाइलेज निर्यातले नेपालको निर्यात सुधारका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

 

गृहमन्त्री श्रेष्ठले हाईलेज निर्यातले नेपालको आयात प्रतिस्थापन व्यापार घाटा कम र निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको बताउनु भयो ।
उहाँले हाईलेजको निर्यात हुनु ऐतिहासिक उपलब्धी भएको बताउनु हुँदैे हाइलेजको उत्पादन र गुणस्तरीयतामा वृद्धि आवश्यक भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा कृषि तथा पशुपंक्षी बिकास मन्त्री डा.बेदुराम भुषालले नेपालबाट हाइलेज चीनमा निर्यातको शुरुवात हुनु महत्त्वपूर्ण र सुखद् पक्ष रहेको बताउनुभयो ।
उहाँले कृषि उत्पादनको निर्यातले नेपालको अर्थतन्त्र सबलीकरणमा मद्दत पुग्ने बताउदै बाँझो जमिनमा हाइलेज उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

हाइलेज उत्पादन गर्ने न्यू होराइजन इन्टरनेशनल कम्पनीका सिइओ चाङ्गले चितवनमै हाइलेज उत्पादन गरेर तीन हजार टन हाइलेज निर्यात गर्न सफल भइसकेको जानकारी दिनुभयो ।

हाइलेजसंँगै आगामी दिनमा अन्य कृषिजन्य उत्पादन गर्ने र निर्यात गर्न प्रयास गरिने उहाँले बताउनुभयो । हाईलेज निर्यात गर्न गत बर्ष नेपाल सरकार र चीनबीच द्विपक्षीय सम्झौता भएको थियो ।

कार्यक्रममा चीनका विभिन्न क्षेत्रका प्रतिनिधिहरू, कृषि विभागका महानिर्देशक, कर्मचारी, भरतपुर महानगरपालिकाका उपमेयर तथा कर्मचारी तथा राजनीतिक दलका नेता तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

मा प्रकाशित