इन्धनमा स्वचालित बिक्री मूल्य लागू

आर्थिक परिवेश

३१ असार , काठमाडौं ।  नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागू हुने गरि  स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ।

परल मूल्यमा डिजलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो।

अबदेखि प्रत्येक महिनाको १ र १६ तारिखमा भारतबाट प्राप्त हुने नयाँ मूल्यसूचीको आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ।

आइतबार बसेको निगमको संचालक समितिको २३३५औं बैंठकले स्वचालित बिक्री मूल्य सम्बन्धी कार्यविधि-२०८० पास गरेको छ।

निगमले आजै राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलको मूल्य ६ रुपैयाँ घटाएको छ। अब काठमाडौंमा प्रति लिटर १६४ रुपैयाँमा पेट्रोल पाइने छ।

तराईमा १६१.५० रुपैयाँ (क वर्ग), १६३ रुपैयाँ (ख वर्ग) मा कायम हुने छ।

डिजल र मट्टितेलको मूल्य ४ रुपैयाँ प्रति लिटरमा घटाएको छ। अब काठमाडौंमा डिजल र मट्टितेल १४६ रुपैयाँमा पाइनेछ। १४३.५० रुपैयाँ तराइको क वर्गमा र १४५ रुपैयाँ ख वर्गमा डिजेल पाइने छ।

खाना पकाउने ग्यासमा १० रुपैयाँ घटेको छ। अब १७९० रुपैयाँमा ग्यास पाइने छ। ग्यासमा परल मूल्य कायम गरिएको छ।


मा प्रकाशित