संरचनात्मक रूपान्तरणमा सहयोग गर्न विश्वव्यापी समुदायलाई आग्रह

आर्थिक परिवेश

२ साउन,काठमाडौं ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले र नवप्रवर्तन र प्रविधि हस्तान्तरण मार्फत संरचनात्मक रूपान्तरणका लागि अल्पविकसित देशहरुलाई सहयोग गर्न विश्वव्यापी समुदाय समक्ष आग्रह गर्नु भएकाे  छ ।

न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्वोधन गर्दै उपाध्यक्ष श्रेष्ठले  अल्पविकसित देश (एलडीसी) हरुको तर्फबाट सम्वोधन गर्दै त्यसताे आग्नह गर्नु भएकाे हाे ।

उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा उत्पन्न संकटका प्रभावहरूका वारेमा प्रकास पार्दै अल्पविकसित राष्ट्रहरूमा दिगार्रूेविकासका लक्षहरु कार्यान्वयनलाई तीव्रता दिनु पर्ने बताउनु भयाे ।
उहाँले एलडीसीहरूको लागि दोहा कार्ययोजनाको समयमै पूर्ण कार्यान्वयन सुनिश्चित गर्नु पर्नेमा जाेड दिदै बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकता रहेकाेमा जाेड दिनु भयाे ।

‘एलडिसीहरु विश्वव्यापी फोकसको केन्द्रविन्दु हुनुपर्छ, एलडिसी सफल भए एसडिसीहरु सफ हुन्छन्’ उपाध्यक्ष श्रेष्ठले भन्नु भयाे ।
उच्चस्तरीय पोलिटिकल फोरममा सहभागी हुन नेपाली टोली १३ जुलाईमा अमेरिकाको न्यूयोर्क पुगेको थियो ।

उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा संघीय सांसद सदस्य तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला र माओवादी सांसद माधव सापकोटा, योजना आयोगका सदस्यसचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अधिकारीहरु र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारीहरु सहभागी रहनु भएकाे छ ।

मा प्रकाशित