४ साउन , काठमाडाै । अष्ट्रेलियाका नेपालीलाई यतीबेला आफनो प्रतिनिधि छनौटका लागि चुनाव लागेकाे छ ।
करिव १ लाख ५० हजार नेपालीहरुको बसोबास रहेको अष्ट्रेलियामा नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघको निर्वाचनले यति वेला माहौल तताएको छ ।
२०२३ जुलाई २९ तारिखमा हुन गैरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अष्ट्रेलियाको निर्वाचनका लागि अध्यक्षको पदमा ३ जनाले उम्मेदवारी घोषणा गरेका छन ।
महासचिवमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अन्य उम्मेदवारीको वारेमा अध्ययन भैरहेको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षका उम्मेदवारहरुले हाल अष्ट्रेलियाका नेपालीहरुको बाक्लो बसोबास रहेका विभिन्न प्रदेशहरुको चुनावी भ्रमण गरिरहेका छन् ।
निर्वाचनका लागि राष्ट्रिय कार्यसमिति अष्ट्रेलियाका पूर्व अध्यक्ष तन्नउ घोथानेलाई निर्वाचन समितिको संयोजक बनाइएको छ ।
विश्वभर सबै भन्दा धेरै नेपालीहरुको बसोबास रहेको अष्ट्रेलियामा हुन लागेको यो निर्वाचनले चर्चा पाउनु स्वभाविक भए पनि अझै धेरै नेपालीहरु गैर आवासी नेपाली संघको दायराबाट बाहिर नै रहेको अवस्था छ ।
यस निर्वाचन प्रयोजनका लागि सदस्यता आवेदन माग गरेकोमा जम्मा २० हजारले आवेदन गरेकोमा तीन सबै आवेदकको छानविन गरी एक दुइ दिनमा योग्य मतदाताको नाम निकाल्ने तयारी भैरहेको निर्वाचन समितिले जनाएको छ ।
कुल संख्याको १० प्रतिशतले पनि गैर आवासीय नेपाली संघमा आवद्धता जनाएका छैनन ।
नेपालीहरुको न्युन सहभागिताको रहेको भए पनि नेपाल सरकारको आधिकारिक मान्यता रहेको यो नै नेपालीहरुको छाता संस्थाको रुपमा रहेको छ ।
गैर राजनीतिक प्रकृतीको यो संस्थालाई पछिल्लो समय राजनीतिक प्रभावमा पारिएको गुनासो गैर अवासीय नेपालीहरुले गर्ने गरेका छन् ।
नेपाली राजनीतिको प्रभाव पनि गैर आवासीय नेपाली संघमा समय समयमा देखिने गरेको । त्यसतो प्रभावबाट संघ मुक्त हुन नसकेको धेरैको गुनासो अद्यपी कायमै छ ।
हालका अध्यक्ष नन्द गुरुडले चुवावकाे लागी प्रकृया शुरु भएकाे र सकेसम्म सहमतिमा अध्यक्ष छनौटका लागि पहल भैरहेकाे बताउनु भयाे ।
प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका उम्मेदवारहरुका प्रतिवद्धताहरु यस्ता रहेका छन ।